जनकपुरधाम । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो । पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो । बरमाला विधि भइसकेपछि विवाह मण्डपमा […]

नेपालगन्ज । लाईटर बोकेको ट्रकमा एक्कासी आगलागी भई अबरुद्ध भएको सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली पुलको अवस्था बारे बुझ्न बुटवलबाट प्राविधिक टोली आज आउने भएको छ । उक्त प्राविधिक टोलीले पुलमा भएको क्षति अध्ययन गरी सवारी आउजाउ हुनसक्ने वा नसक्ने बारे प्रतिबेदन दिने छ । लाईटर बोकेको ट्रकमा आगलागाी भई पुलको तारमा सल्किएको थियो । उक्त पुल […]

  नेपालगन्ज । केही समययता आएर नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले अवरोध गर्दा रोकिएको छ । यहाँस्थित नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी रोकिएको हो । बाँकेका प्लाइउड उद्योगी एवं प्लाइउड उत्पादक सङ्घ नेपालका सदस्य पशुपति […]

  नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका अनुसार प्रहरीले नेपालगन्जबाट श्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय […]

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई  ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो । प्रमुख सचेतक रमेश लेखकले सोमबार सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी […]

खजुरा । बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) […]

  बर्दिया/ ईकान्तिपुर—३५ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको काम बजेट अभावमा लक्ष्यभित्र सम्पन्न हुने सम्भावना न्यून हुँदै गएको छ । आर्थिक वर्ष ०८२र८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावमा स्वीकृत गुरुयोजनाअनुसार समयभित्र पूरा नहुने आयोजना कार्यालयले जनाएको छ ।   चालु आर्थिक वर्षमा आयोजनाका लागि ६३ करोड १ […]

नेपालगन्ज — बाल्यकालमै कृपा सोनीले बुवाआमाको काख र साथ पाइनन् । हुर्कंदै गरेपछि ११ वर्षको उमेरमा आमाले छोडेर गइन् । आमाले दोस्रो बिहे गरेर घरजम गरेपछि आमा–बुवाको सहारा नपाएकी उनी आफन्तको घरमा नै हुर्किन् । कहिले मामाघर त कहिले सानिमाको घर गर्दै उनले आफ्नो बाल्यकाल बिताएको बताइन् । आफ्ना लागि केही नबोल्दिएपछि आफूले आमाविरुद्ध जिल्ला […]

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीबाट रकम अपचलन गरेर फरार रहेको गितेन्द्रबहादुर (जीबी) राईजस्तै नेपालगन्ज र बर्दियामा नमस्ते सहकारी रकम अपचलन गरेका विष्णु रिमालको व्यवहार उस्तै भएपछि सहकारीका सरोकारवालहरूले उनलाई ‘मिनी जीबी राई’ को संज्ञा दिन थालेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ बस्ने रिमालले विभिन्न ठाउँमा सहकारी स्थापना गर्ने र रकम अपचलन गर्ने काम […]

  नेपालगन्ज। भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतीलाई राम्रो रोजगारीको प्रलोभनमा पारेर सीमा कटाई भारतमा जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ । यसअघिसम्म मुख्य नाकाबाट नेपाली युवतीलाई सीमा पार गराउने गरिएकोमा मुख्य नाकामा कडाइ गरिएपछि अन्य विभिन्न नाकाबाट यस्तो काम भएको पाइएको हो । मानव बेचबिखनका लागि निकै संवेदनशील मानिएको बाँकेको पूर्वी सीमा […]