नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पानी जहाज कार्यालयले राप्ती नदी, ववई नदीको जलमार्गको सम्भाव्यता अध्ययन गरेको विवरण संघीय संसद सचिवालयलाई दिएको छ । राप्ती नदीको सिक्टा भालुबाँगको १०२ किलो मिटर, बबई नदीको नेपालगन्ज गुलरिया हाईवे माथि ५२ किलो मिटर जलमार्गको सम्भाव्यता अध्ययन गरिएको हो । त्यस्तै, कर्णाली नदी, कोशी नदी चतरा, कालीगण्डकी नदी, […]
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले २०८१ चैत मसान्तसम्मका गरेका काम कारवाहीहरु सार्वजनिक गरेको छ । चोरी, अबैध भन्सार छली, ट्राफिक कारवाही, लागु औषध नियन्त्रणलगायतका विवरणहरु सार्वजनिक गरेको छ । […]
बर्दिया- बढैयाताल गाउँपालिका-१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको […]
बर्दिया/ईकान्तिपुर — मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न थारु समुदायका गुरुबाले हात्ती पूजा गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अगुवाइमा ठाकुरबाबा नगरपालिका–९ हात्तीसार स्थित मंगलबार बिहान हात्ती पूजा गरिएको हो । स्थानीय थारु गुरुबा(पुजारी)हरूले हात्तीलाई शान्त गर्न पूजा गरेका छन् । हात्तीसारस्थित रहेका हात्तीलाई उखु, केरा, केरालगायत फलफूल खुवाएर हात्ती पूजा गरिएको छ । […]
मर्चवार/ रासस — यही बैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा संकलन गरेको छ लाख रुपैयाँ समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उनी पीडा र चिन्तामा छिन् । सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना […]
काठमाडौं, २ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा […]
रासस/काठमाडौँ —पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै […]
नेपालगञ्जको बीपीचोकमा हाम्रो सेकुवा घर सञ्चालनमा आएको छ। होटल क्षेत्रमा अनुभवी व्यक्ति गजेन्द्र थापाले सो सेकुवा घर सञ्चालनमा ल्याउनु भएको हो । नयाँ वर्ष २०८२ साललाई मध्यनजर गर्दै सुरुवात गरिएको सेकुवा घरको होटल व्यवसायी सङ्घका अध्यक्ष रङ्ग बहादुर खड्का र सञ्चालक थापाकि छोरी समृद्धि थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो फरक पहिचान फरक स्वाद सहित […]
प्रतीकात्मक तस्वीर, काठमाडौं । बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । प्रहरीका अनुसार बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् । घरदेखि झन्डै ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए । […]
बिबिसि ।नयाँ वर्षको प्रसङ्ग आउनासाथ हामी सबैको मनमा नयाँ उत्साह जागृत हुन्छ। अहिले हामी नेपालसहित एशियाका विभिन्न देशमा फेरि एउटा नयाँ वर्ष मनाउने क्रममा छौँ। सांस्कृतिक विविधता भएका विभिन्न देशमा अनेकौँ संवत् र पात्रो/पञ्चाङ्गहरू प्रचलनमा छन्। त्यसैले त्यहाँ ३६५ दिनमा धेरै नयाँ वर्षहरू मनाउने गरिएको पाइन्छ। नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ। […]












