नेपालगन्ज । २०८२ कार्तिक १५ गते शनिबार दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका थोरै […]

नेपालगन्ज- दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका हुन् । मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो । क्लबका अध्यक्ष […]

  गुलरिया — जेन–जी आन्दोलनका क्रममा नौबस्ता कारागारबाट फरार भएका गुलरिया नगरपालिका–५ का २३ वर्षीय रामशरण चौधरी पक्राउ परेका छन् । उनलाई नेपाली नागरिकताको प्रतिलिपि बनाउँदा बनाउँदै जिल्ला प्रशासन कार्यालय बर्दियाले पक्राउ गरेको हो । गत भदौ २५ गते बाँके नौबस्ता कारागारबाट भागेका उनी बलात्कार मुद्दामा जेल सजाय भोग्दै आएको प्रहरीले जनाएको छ । उनी […]

  बुटवल, कात्तिक १४ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा लिनेहरूको संख्या बढ्दै गएपछि फार्मेसी सेवा विस्तार गरिएको छ । लुम्बिनी प्रदेशको सबैभन्दा जेठो यो अस्पतालमा सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि पहिलो प्रस्थान विन्दुको मान्यता दिएपछि सेवा लिन आउनेको सङ्ख्या थप बढेको छ । विक्रम संवत् १९६७ सालमा स्थापना भएको यो अस्पतालमा […]

  काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने जनाएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया […]

सुरज कुँवर काठमाडौँ/ईकान्तिपुर — खराब मौसम र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ । विमानस्थल अधिकारीका अनुसार दृश्यता दुई हजार मिटरभन्दा तल झरेपछि तीन अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान अन्य गन्तव्यतर्फ मोडिएका छन् । नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं […]

  बबई (बर्दिया), कात्तिक १३ गते । बर्दियाको गुलरिया–नेपालगन्ज खण्ड अन्तर्गतको हुलाकी सडक निर्माण सम्पन्न भएको चार महिनामै भासिन थालेको छ । करिब तीन अर्ब १५ करोड लागतमा बनेको उक्त चार लेन सडकका विभिन्न भाग अहिले भासिएर दुर्घटनाको उच्च जोखिममा परेका छन् । बढैयाताल गाउँपालिका–८ स्थित बरमेली टोलको सडकखण्डमा भासिएको भाग जोखिमपूर्ण बनेको छ । […]

नेपालगन्ज । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभाव रहेको, छ। साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।   कार्तिक १३ गते आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा […]

  सोलुखुम्बु । लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा दुर्घटना भएको छ । लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ । बिहान ८ः१५ मा हेलिकप्टर दुर्घटना भएको हो […]

  काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन […]