पाँचथर/ईकान्तिपुर —निरन्तरको झरीसँगै गएको पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए । यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको […]

२०८२ असोज १९ गते (आइतवार) दिउँसोः देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका […]

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले गएराति मेची राजमार्गमा रहेका तीन पुल बगाएको छ । माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बताएको हो । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले राजमार्गमा राति सवारी आवागमनमा रोक लगाएको थियो । तर तीन पुल भत्किएपछि […]

काठमाडौँ /रासस—राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन […]

  काठमाडौँ/रासस —हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना […]

बर्दिया/ईकान्तिपुर—सुरक्षा व्यवस्था कडा गरी बर्दियाको गुलरियास्थित बबई नदीको भादाघाटमा दुर्गा प्रतिमाको विसर्जन भइरहेको छ । बिहीबार दिउँसोबाट सुरु गरिएको प्रतिमा विसर्जन राती अबेरसम्म चलेको छ । प्रतिमा विसर्जन गर्दा गाउँगाउँबाट ठूलो संख्यामा श्रद्धालु ट्याक्टर, जिप र पैदल आएका छन् । ट्याक्टरमा दुर्गाको प्रतिमा राखेर श्रद्धालु घाटमा पुगेका थिए । डिजे साउन्डको धार्मिक गीतको धुनमा नाचगान […]

बर्दिया- हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडिमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिन बाट देशको खास गरी […]

काठमाडौं । यसवर्ष डेंगु संक्रमित ५ हजार नाघेका छन् । सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म ५ हजार १९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामात्र २९४ नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार […]

  काठमाडौँ, असोज १४ गते । बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि […]

काठमाडौँ/ईकान्तिपुर—बाँकेको नेपालगञ्जमा बरामद भएको गोलीको खोका प्रहरीको तालिम केन्द्रबाट लगिएको पाइएको छ । नेपालगञ्ज–३, एकलैनीमा बरामद २ हजार ९६ वटा गोलीका खोकाको स्रोत खोज्दै जाँदा त्यो कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको भएको पाइएको हो । यो तालिम केन्द्र नेपालगञ्जमै छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार, प्रहरीको तालिम केन्द्रमा प्रयोग भइसकेका […]