बाँके । बाँके प्रहरीले नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्पर नियन्मणमा लिएको छ । डुडुवा गाउँपालिका ५ मिलन चोक नजिकैबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा टिप्पर नियन्त्रणमा लिइएको हो । भे १ क १८१६ र भे १ क १८६१ नम्बरको टिप्पर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको प्रहरीको भनाई छ ।

  काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम […]

  काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।   त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी संगठनले आफ्नो संघ, संगठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । ‘विद्यार्थी संगठनले आआफ्नो संगठनको नाम निर्वाचनका लागि […]

  नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट गरेका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरे […]

  बर्दिया — बर्दिया जिल्ला अदालतको फैसलाले अंश मुद्दामा जरिवाना भई जरिवाना रकम नतिरेका ८० वर्षीय जिेष्ठ नागरिक गुलरिया नगरपालिका–९ गोडियनपुरका ८० वर्षीय द्वारिका चमार पक्राउ परेका छन् । उनलाई २०६४ साल मंसिर १३ गते जिल्ला अदालत, बर्दियाले ४ हजार ५ सय १० रुपैयाँ ५० पैसा जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका […]

नेपालगन्ज । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ । पारसलाई यसअघि विभिन्न समयमा गरी यसअघि तीन पटक […]

नेपालगन्ज। मौसम परिवर्तनसंगै बाँके लगायतका जिल्लामा तापक्रम बढ्ढो छ । आज नेपालगन्जको तापक्रम ३१ डिग्री सेल्सीएससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका […]

  काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी महिनामा हालसम्मकै धेरै यात्रु आवागमन भएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबू तिवारीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार, फेब्रुअरी २०२५ मा कुल ११५ उडान–अवतरणमार्फत ६,७७९ यात्रु ओहोर–दोहोर गरेका छन्। यो संख्यामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएयताकै सबैभन्दा बढी हो। फेब्रुअरी महिनामा फ्लाइ दुबई, जजिरा एयरवेज, […]

  भारदह(सप्तरी)। सप्तरीको सप्तकोसी नगरपालिका १ मा सोमबार बिहानै आएको पाटे बाघले दुई जनालाई घाइते बनाएको छ । स्थानीय गणेश खत्री र कृष्ण विष्टलाई घाइते बनाएको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिनुभएको छ । घाइते हुनुभएको विष्टलाई उपचारको लागि विराटनगर लगिएको छ भने खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । बिहान साढे ६ बजे फत्तेपुर बजारको […]

    बाँके। बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पुलको कामले गति लिएको छ । निर्माण व्यवसायीको जमानत रकम २६ लाख ८० हजार रुपियाँ बैङ्कबाट झिक्न पत्र पठाउँदै सडक पूर्वाधार विकास कार्यालयले अन्य कारबाहीको चेतावनी दिएपछि कामले तीव्रता पाएको छ । पुल निर्माण काम सम्झौता अनुसार दुई वर्षपहिले नै सम्पन्न हुनुपर्ने थियो । […]