नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ-नयाँ उपचार सेवा बिरामीलाई उपलब्ध गराउन थालेको छ । सोही क्रममा भेरी अस्पताल नेपालगन्जमा थालेसिमिया तथा नन क्रिरोहटिक पोर्टल हाइपर टेन्सनबाट पीडित बर्दियाकी एक बालिकाको स्पलेनोरेनल शन्ट नामक शल्यक्रिया पहिलो पटक सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका अनुसार […]
नयाँदिल्ली। भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जी.एल. पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । प्रारम्भिक रिपोर्टमा ड्राइभरले गाडी उच्च गतिमा लापरबाहीपूर्ण रूपमा चलाएका कारण […]
काठमाडौँ। देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना […]
नेपालगन्ज । नेपालगन्ज २२ बिर्ता निवासी २२ वर्षीय युवक अरबी खाँको शव दश दिनपछि आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् । यही चैत १८ गते राती घाँटी रेटिएको अवस्थामा घर नजिक मृत भेटिएका खाँ को हत्यारा पत्ता नलागेकोले आफन्तले उनको शव बुझ्न मानेका थिएनन् । तर प्रहरीले तीव्र गतिमा अनुसन्धान गरेर हत्यारा पत्ता लगाउने […]
राँझा (बाँके), रासस। भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ । भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छजनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल […]
धनगढी । पार्टी भित्र आन्तरिक विवाद चर्किरहेका बेला सुदुरपश्चिम प्रदेश सरकार गठनका बारेमा रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसँग छलफल गरेका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारबाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल भएको हो । प्रदेशका आर्थिक मामिलामन्त्री घनश्याम चौधरीको सरकारी निवासमा जारी छलफलमा […]
खजुरा/महेन्द्रनगर । भारतको नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति भएको सडक दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ज्यान गुमाउने छ जना एउटै गाउँका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु भएका बाँकेका छ […]
काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ । भारतीय मिडिया वन इन्डियाका अनुसार बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएको जनाएको छ । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको जनाइएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । गोरखापत्र अनलाइनका […]
खजुरा। जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी समयसम्म नवीकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार बाँके प्रशासनले पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण हुन नसकेका इजाजत प्राप्त हतियारको यजाजत खारेज गरी जफत गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी […]
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका १० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलामा मृत भेटिएका छन् । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग […]












