बुटवल । लुम्बिनी प्रदेशका जिल्लामा होलीका लागि विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका सबै जिल्लामा होलीका अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने गरी विशेष सुरक्षा व्यवस्था अपनाइएको हो । जिल्लाहरूमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । बाँके समाचारदाताका अनुसार बिहीबार र शुक्रबार […]
काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज काठमाडौँको […]
बर्दिया —घर नजिकै गहुँ खाईरहेको बेला धपाउन पुगेका ठाकुरबाबा नगरपालिका–२ बलातीका बलिराम थारुको हात्तीको आक्रमणबाट बुधबार राति मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले खेतबारीमा लगाएको गहुँबाली नोक्सानी गरिरहेका बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको हो । […]
काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आजबाट फेरि सुनुवाइ सुरु भएको छ । सापकोटाविरुद्ध काभ्रेर्की पूर्णिमाया लामाले दायर गरेको सो रिट सर्वोच्चको संवैधानिक इजलासमा पेशी तोकिएको थियो । आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलास […]
काठमाडौं । काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो […]
काठमाडौँ । देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन् । निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले […]
नेपालगन्ज । बाँके प्रहरीले होली पर्वमा कसैको मन्जुरी बेगर जबर्जस्ती अबरि र रङ नदल्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी होलीको नाममा कसैलाई दुर्व्यवहार नगर्न आग्रह गरेको हो । सदभावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन र इच्छाविपरित काम भए गरिएको पाइएमा प्रहरीले कानुनी कार्यवाही गर्ने जनाएको छ । होलीको […]
राँझा (बाँके) —पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नस्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान […]
काठमाडौं । प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो । बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो । सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको […]
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराउने तालिका रहेको छ । यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता भएको गरिएको थियो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत […]












