काठमाडौं । बर्दिया प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित रुकुम पश्चिमको सानोभेरी गाउ पालिका ५ का ३४ वर्षीय बमबहादुर पुनलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका २ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी) फुटाहाले चेकिङका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । […]
कञ्चनपुर । भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ । “उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका आज(मङ्गलबार) साँझ […]
नेपालगन्ज । भन्सार छलेर ल्याइएका दुई लाख बराबरको विभिन्न सामाग्री बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न. १५ र १६ बाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको भन्दै पक्राउ गरेको हो । प्रहरीका अनुसार लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित दुई लाख दश […]
काठमाडौँ/ईकान्तिपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार […]
खजुरा। जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमार्फत बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ […]
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च न्यायाधीश प्रकाशमान सिंह राउतको आइतबारको इजलासले अन्तरिम आदेश जारी गरेका हुन्। गिरीले प्रदेश सभा सचिवालयसमेत ५ जनाविरूद्ध चैत ३० गते रिट दायर गरेकी थिइन्। प्रदेश सभा सचिवालयले उनलाई […]
धनगढी । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), र राप्रपाको साथ पाएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेश गरेका छन्। चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँकहाँ पुगेर दाबी पेश गरेका हुन्। चौधरी नाउपाका संरक्षक रेशम चौधरीनिकट सांसद हुन्। सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका […]
धनगढी । सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ । कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने जानकारी रातोपार्टीलाई दिए । समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिंदैछ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारमा दाबी पेस गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिने भए […]
काठमाडौँ । उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएका पाटेबाघ मर्ने क्रम जारी रहेपछि संरक्षणकारी निकायमा चिन्ता बढेको छ । उद्धार केन्द्रमा राखिएका बाघको रेखदेख राम्रो नहुँदा मर्न थालेको संरक्षणकर्मीले आरोप लगाएका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा विगत छ महिनायता उद्धार […]












