काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स [युएई]विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा […]
बर्दिया – देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। शनिबार दिउँसोː कोशी प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिंम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]
नारायणगढ। नारायणगढ मुग्लिङ सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका थप एक घाइतेको शुक्रवार बिहान मृत्यु भएपछि सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका विद्युतीय गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको […]
file Photo बर्दिया । दसैं तिहार सकिएलगत्तै यहाँका हजारौ युवाहरु काम खोज्दै भारत पलायन हुन थालेका छन् । चाडपर्वमा भरिएको गाउँ फेरि सुनसान हुन थालेको छ । धान भित्रियाई सकेर दैनिक हजार बढी युवाहरु भारत गइरहेका हुन । महिला, बालवालिका र ज्येष्ट नागरिकहरुलाई घरमै छोडेर उनीहरु हरेक वर्ष यसैगरी गाउँ छोड्ने गरेका हुन । चाडपर्व […]
धनुषा/रासस — उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा […]
काठमाडौँ/रासस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको […]
काठमाडौं- नेपालगंजबाट काठमाडौं जाँदै गरेको बसमा लुकाएर सुन ल्याउने एलिस ढकाल पक्राउ परेका छन्। कैलाली टिकापुर नगरपालिका-४ बस्ने २३ वर्षीय एलिस ढकाल ५०२ ग्राम सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ । बुधबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा-२ नागढुङंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक चेकजाँच गर्नेक्रममा ढकाललाई […]
नेपालगन्ज —१४ बर्सिया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुरमा सञ्चालित एक नीजि विद्यालयका सञ्चालक पक्राउ परेका छन् । पीडित बालिकाको उजुरीको आधारमा सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाकेका इन्सपेक्टर नवीन चापागाईंले बताए । ‘१४ वर्षीय बालिकाले जबरजस्ती करणीको उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याइसकेका छौं,’ प्रहरी निरीक्षक चापागाईंले भने, ‘यसबारे थप बुझ्ने काम […]
हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईँहरू सबैलाई छठ पर्वको शुभकामना । सूर्यको अनुष्ठान नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि […]
रासस/एएफपी/हङकङ —अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले बधाई दिएका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाइ दिने क्रम सुरू भएको हो । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा […]












