बाँके- जानकी गाउँपालिका-१ साईगाउँबाट करिब १ लाख रूपैयाँ बराबरको पटका सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया बस्ने २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आउँदै गरेका […]
बाँके— तीहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरुको लार्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरु तीहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका पहाडी जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन । तीहार मनाउन भारतबाट मजदुरी गरी दैनिक करिव […]
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेट भएको सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय […]
काठमाडौँ, असोज २९ गते । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा […]
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गरेका थिए ।
बर्दिया — बर्दियाका सामुदायिक वनमा बाघले दैनिक जसो आक्रमणका घटना हुुने क्रम जारी छ । मंगलबार दिउँसो बारबर्दिया नगरपालिका वडा न११ बेलभारको पचासामा धान काटिरहेको अवस्थामा भादु थारुलाई आक्रमण गरी घाईते बनाएको छ । उनको बारबर्दियाको नगरअस्पतामा उपचार भईरहेको स्थानीय किशोर थारुले बताए । हिजो साँझ मधुवनको ओराली बजारमा बाघले आक्रमण गरेको घटना सार्वजनिक […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३४ डिग्रीसम्म पुग्ने भएको छ । डडेलधुराको अधिकतम २५, धनगढीको ३३, नेपालगन्जको ३३, सिमराको ३२, जोमसोमको २०, जिरीको २३ डिग्री पुग्ने विभागले जनाएको छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम २ तथा जोमसोमको ४ डिग्रीसम्म झर्ने विभागले जनाएको छ ।
काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, […]
बर्दिया/ईकान्तिपुर — वर्तमान सरकारले गरेको भूमि आयोग खारेजको निर्णयलाई सच्याउन संयुक्त भूमि अधिकार संघर्ष समितिले माग गरेको छ। यही असोज २३ गते मन्त्रिपरिषद्ले गरेको भूमि आयोग खारेजको निर्णयलाई सच्याउन संघर्ष समितिले माग गरेको हो । मन्त्रिपरिषद्ले गरेको आयोग खारेजको निर्णय प्रति घोर विरोध गर्दै खारेज आयोगलाई पुनर्स्थापना गरी बाँकी कामलाई निरन्तरता दिन आइतबार पत्रकार सम्मेलन […]












