२०८२ असोज १९ गते (आइतवार) दिउँसोः देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका […]
काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले गएराति मेची राजमार्गमा रहेका तीन पुल बगाएको छ । माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बताएको हो । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले राजमार्गमा राति सवारी आवागमनमा रोक लगाएको थियो । तर तीन पुल भत्किएपछि […]
काठमाडौँ /रासस—राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन […]
काठमाडौँ/रासस —हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना […]
बर्दिया/ईकान्तिपुर—सुरक्षा व्यवस्था कडा गरी बर्दियाको गुलरियास्थित बबई नदीको भादाघाटमा दुर्गा प्रतिमाको विसर्जन भइरहेको छ । बिहीबार दिउँसोबाट सुरु गरिएको प्रतिमा विसर्जन राती अबेरसम्म चलेको छ । प्रतिमा विसर्जन गर्दा गाउँगाउँबाट ठूलो संख्यामा श्रद्धालु ट्याक्टर, जिप र पैदल आएका छन् । ट्याक्टरमा दुर्गाको प्रतिमा राखेर श्रद्धालु घाटमा पुगेका थिए । डिजे साउन्डको धार्मिक गीतको धुनमा नाचगान […]
बर्दिया- हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडिमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिन बाट देशको खास गरी […]
काठमाडौं । यसवर्ष डेंगु संक्रमित ५ हजार नाघेका छन् । सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म ५ हजार १९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामात्र २९४ नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार […]
काठमाडौँ, असोज १४ गते । बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि […]
काठमाडौँ/ईकान्तिपुर—बाँकेको नेपालगञ्जमा बरामद भएको गोलीको खोका प्रहरीको तालिम केन्द्रबाट लगिएको पाइएको छ । नेपालगञ्ज–३, एकलैनीमा बरामद २ हजार ९६ वटा गोलीका खोकाको स्रोत खोज्दै जाँदा त्यो कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको भएको पाइएको हो । यो तालिम केन्द्र नेपालगञ्जमै छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार, प्रहरीको तालिम केन्द्रमा प्रयोग भइसकेका […]
बिबिसी । निर्वाचन आयोगले तयार पारेको मतदान सामाग्री व्यवस्थापन मार्गदर्शन २०७८ अनुसार निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रहरूमा विभिन्न ६२ थरीका सामानहरू पुर्याउनु अपरिहार्य हुन्छ। त्यसमध्ये कम्तीमा १० वटा सामग्रीहरूलाई अति संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ। मतदाता नामावली, मतपत्र, मतपेटिका, नउड्ने मसी भएको मार्कर पेन, स्ट्याम्प प्याड, अनुसूची फारम, स्ट्याम्प प्याड मसी, सम्बन्धित ऐन, नियम, निर्देशिका […]











