बाँके/रासस-  बाँके  जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१/८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् । दर्ता भएका उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय […]

  नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका–६ र राप्तीसोनारी गाउँपालिका–७ को बिचमा पर्ने खल्लाझगडियामा राप्ती नदीले कटान तीव्र पारेको छ । पहाडी जिल्लाहरूमा वर्षा निरन्तर भइरहेकाले राप्ती नदीमा पानीको बहाब बढ्दै जाँदा खल्लाझगडियामा कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्धसमेत बगाउने अवस्था भएपछि डुबानको त्रास बढेको हो । कटान रोक्न निर्माण गरिएको बाँसको अस्थायी तटबन्ध बगाउँदै नदी गाउँतिर […]

बुटवल —बजेटमाथि विपक्षी दलहरूले निरन्तर विरोध जनाइरहेका बेला सत्ताधारी दलले भने लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने तयारीमा छनन् । आज बस थालेको प्रदेश सभाको छैठौं अधिवेशनको १६औँ बैठकमा मन्त्रालयगत छलफल सकेर बजेट पारित गर्नेगरी सत्तागठबन्धनका दलबीच सहमति भएको हो । माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बजेट पुर्नलेखनको माग गरिरहेका […]

बर्दिया/ईकान्तिपुर— ‘सर्जु नदी पुरेर नहर बनाइँदै,टपरा बस्ती डुबानको उच्च जोखिममा’ भन्ने शीर्षकमा कान्तिपुरमा मंगलबार समाचार प्रकाशित भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ । नदीको बहाव रोकिने गरी पुरिएको माटो बुधबार बिहानदेखि हटाउन सुरु गरिएको हो ।   गुलरिया नगरपालिका-७ स्थित बबई सिँचाइ आयोजनाले बर्खामा नदी पुरेर नहर निर्माणको कार्य सुरु गरेको थियो । बर्खाका बेला […]

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि […]

लुम्बिनी — लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट तीन बालिकालाई भारततर्फ लैजाँदै गरेका ४ भारतीय नागरिकलाई  प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगन्ज कुँवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोद कुमार धोबी र नेपाल रुपन्देही […]

बर्दिया /ईकान्तिपुर — तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने राजापुर–गेरुवा जोड्ने २७ किमी सडक खण्ड पाँच वर्ष वितिसक्दा पनि निर्माण हुन सकेको छैन । राजापुर नगरपालिकाको खैरीचन्दपुर देखि गेरुवा गाउँपालिकाको पर्यटकीय केन्द्र ओखरिया बाँधसम्मको सडक निर्माण हुन नसक्दा आउजाउमा सास्ती खेप्न बाध्य छन् स्थानीय । कान्छा राम/राजेन्द्र जेभी धनगढी–४ का निर्माण कम्पनीसँग हुलाकी आयोजना अन्तर्गत २०८० असोज […]

  बबई (बर्दिया), असार १७ गते । बर्दियामा बबई नदीको बाढीको जोखिममा रहेको सदरमुकाम गुलरिया बचाउनका लागि स्थापना भएको बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयले सरकारसँग अनुरोध गरेका छन् । बर्दियाको सदरमुकाम गुलरिया भएर बग्ने बबई नदीमा आउने बाढीले सदरमुकाम नै जोखिममा छ । बबई नदीको बाढी र कटानबाट सदरमुकाम गुलरियालाई जोगाउन स्थापना भएको बबई […]

  काठमाडौं, १७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक […]

    काठमाडौं, १६ साउन । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने जनाएको छ । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको र स्थानीय तहका रिक्त पदमा आवश्यकता अनुसार सोही मितिमा गर्ने निर्णयसमेत गरेको छ । सो क्षेत्रका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बोहोराको निधन भए पछि रिक्त रहेको […]