बाँके-  कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित कैलाली लम्कीचुहा नगरपालिका-२ बस्ने २३ वर्षीय महेश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

  नेपालमा भ्रष्टाचार नियन्त्रणको प्रमुख चुनौती भनेकै प्रणालीगत कमजोरी हो। अख्तियारलाई स्वायत्त भनिए पनि यसको छानबिनलाई राजनीतिक रूपमा प्रभावित पार्न अनेक प्रयत्न हुने गरेको देखिआएकै तथ्य हो। यसका कारण ठूला काण्ड अक्सर निष्कर्षमा पुग्दैनन्। – प्रकाश रायमाझी ‘भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी सुशासन प्रवर्धनमा सबैको जिम्मेवारी’ नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस वर्षको ३४औं वार्षिक उत्सव […]

  नेपालगन्ज । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा सुवास […]

    प्युठान । मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानीको बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बमको छर्रा बालकको दाहिने खुट्टाको पैतलामा लागेको छ । घाइते बालकलाई जिल्ला अस्पताल विजुवारमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ […]

धनगढी । बाजुुराबाट अध्ययनका लागि धनगढीमा बसी कक्षा ७ मा अध्ययनरत १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।   प्रहरीका अनुसार धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।   प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि […]

  चितवन —नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस सेती दोभानमा सडकबाट खोल्सीमा खसेर दुर्घटना भएको छ । नारायणगढ-मुग्लिन सडक खण्डको सेती दोभानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी २५ जना घाइते भएका छ्न । उनीहरूलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइएको चितवन प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी […]

  बुटवल । दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-३ ठुलासम्वामा आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतक भुवनका दाइ १० वर्षीय बालक र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय मृतकका बाजे भूपेन्द्र […]

  टोकियो, २६ माघ । संसारमा एउटा यस्तो देश छ, जहाँ करिब ३० वर्ष पहिले एउटा अनौठो व्यापार सुरु भएको थियो, अहिले यो देशमा चाँडै ठूलो व्यापार हुन पुगेको छ ।   केवल पैसा खर्च गर्नुहोस् र तपाइँले आमाबुवा, दाजुभाइ, दिदीबहिनी, काकी र काका, छोरा, छोरी, श्रीमान् र श्रीमतीसम्म सबै चीज भाडामा पाउनु हुनेछ। तीनीहरूलाई […]

  काठमाडौं, २६ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका  केही भू-भागहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।   दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक […]

  काठमाडौं । सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव कम गर्नुपर्ने बताएकी छन्।   काठमाडौंको तीनकुनेस्थित हिमालयन हाउटहाउस इन्टरनेसनल कलेजले आयोजना गरेको ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’को समापन सत्रमा बोल्दै यस्तो बताएकी हुन्।   उनले ‘न्याय–अन्याय’ शीर्षकमा धारणा राख्दै कलेजमा कानुन अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया पनि गरेकी थिइन्। संसद् विघटनको मुद्दामा तत्कालीन केपी […]