बर्दिया /ईकान्तिपुर — तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने राजापुर–गेरुवा जोड्ने २७ किमी सडक खण्ड पाँच वर्ष वितिसक्दा पनि निर्माण हुन सकेको छैन । राजापुर नगरपालिकाको खैरीचन्दपुर देखि गेरुवा गाउँपालिकाको पर्यटकीय केन्द्र ओखरिया बाँधसम्मको सडक निर्माण हुन नसक्दा आउजाउमा सास्ती खेप्न बाध्य छन् स्थानीय । कान्छा राम/राजेन्द्र जेभी धनगढी–४ का निर्माण कम्पनीसँग हुलाकी आयोजना अन्तर्गत २०८० असोज […]

  बबई (बर्दिया), असार १७ गते । बर्दियामा बबई नदीको बाढीको जोखिममा रहेको सदरमुकाम गुलरिया बचाउनका लागि स्थापना भएको बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयले सरकारसँग अनुरोध गरेका छन् । बर्दियाको सदरमुकाम गुलरिया भएर बग्ने बबई नदीमा आउने बाढीले सदरमुकाम नै जोखिममा छ । बबई नदीको बाढी र कटानबाट सदरमुकाम गुलरियालाई जोगाउन स्थापना भएको बबई […]

  काठमाडौं, १७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक […]

    काठमाडौं, १६ साउन । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने जनाएको छ । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको र स्थानीय तहका रिक्त पदमा आवश्यकता अनुसार सोही मितिमा गर्ने निर्णयसमेत गरेको छ । सो क्षेत्रका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बोहोराको निधन भए पछि रिक्त रहेको […]

रौतहट – आफ्नै श्रीमतीको जघन्य हत्यागरी तिनबर्ष देखि फरार रहेका एकजना अभियुक्त लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका जघन्य हत्याका अभियुक्त ईशनाथ नगरपालिका  ७ घिउरा गाउँ निवासी फैयाद मियाँ मन्सुरी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए । २०७८ माघ २६ गते बिहान करिब १०:४५ बजे  ईशनाथ नगरपालिका  ४  मठीया […]

  धनगढी । अविरल वर्षापछि धनगढीमा घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार सिताराम रानाको कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जना र धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ । लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक […]

  बबई (बर्दिया), असार १६ गते । सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग बर्दियामा मात्र ५० हजारभन्दा बढीले आवेदन दर्ता गराएका छन् । सरकारले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण गर्ने नीति लिएर आवेदन माग गरेपछि बर्दिया जिल्लामा १३ हजार भूमिहीन र ३७ हजारभन्दा बढीले अव्यवस्थित बसोबासमा जग्गा पाउनुपर्ने माग गर्दै आवेदन दिएका हुन् । […]

मुगु। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । स्थानीय बासिन्दाले हल्का कम्पन महसुस गरेको बताएका छन् ।

  काठमाडौं, १६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश,बाग्मती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम  वर्षा भई रहेको छ ।   दिउँसो  देशभर साधारणतया बदली रहनेछ। […]

  मुगु, असार १५ गते । मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर दिउँसो ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको छ । क्षतिको विवरण यकिन भईसकेको छैन ।