नेपालगन्ज —पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिकाको फाइनलका लागि शुक्रबार नेपालगन्ज रंगशालामा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिडदै छ्न । २०७९ सालयता एपीएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । त्यतिबेला च्याम्पियन बनेको पुलिस पनि त्यसयता उपाधिविहीन छ । एपीएफले दुई पटक महिला लिग जितिसकेको छ । टोलीले हालै इलाम र […]
चितवन, १२ वैशाख। तराईका जिल्लासहित देशभर अप्रत्याशित रूपमा बढेको गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ। चर्को घाम र अत्यधिक तापक्रमका कारण दैनिक कामकाजमा कठिनाइ भएको छ भने सर्वसाधारणको स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको छ। भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार बुधवार चितवनको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ। कार्यालयका अनुसार बुधवार बिहान […]
बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायतका समाग्री जलेर क्षति भएको । खाना पकाएर आगो ननिभाउदा आगलागी भएको स्थानीयको […]
file photo बर्दिया — बुधबार साँझ गुलरिया नगरपालिका–५ बबई नदीको रामबाग घाटबाट नजिकै नुहाउने क्रममा बेपत्ता भएका गुलरिया–५ का सृजन पोखरेलको बिहिबार पनि खोजि कार्य जारी छ । तर उनको शव फेला नपरेपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरे पनि बिहिबार दिउँसो ४ बजेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको […]
बर्दिया । जनमत पार्टीका अध्यक्ष सिके रावतको सचिवालयले यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच जनमत र नागरिक उन्मुक्ति पार्टीबीच बैशाख १७ गते एकता घोषणाको तयारी भईरहेको जनाएको छ । केहीबेर मात्रै रावतको सचिवालयले सामाजिक सन्जाल फेसबुकमा उक्त कुरा सार्वजनिक गरेको हो । सचिवाललयले जारी गरेको सन्देश जस्ताको तस्कै । […]
गुलरिया । गुलरिया नगरपालिको तुलापुरस्थित जिर्ण रहेको बर्दिया कारागारको क्षमता १५० जना छ । तर, जिल्लामा अपराधिक घटना बढेसंगै उक्त कारागारमा हाल ४२८ जना कैदीबन्दीलाई राखिएको छ । कैदीबन्दीको संख्या दुई गुणा बढी भएपछि उनीहरुलाई बस्न, उठ्न र सुत्न समस्या भएको छ । उनीहरुलाई हरेक गतिबिधि गर्न सास्ती भोग्नु परेको छ । ब्याम गर्न […]
बुटवल । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ। उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ। शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने बुटवल ल्याइएकाे थियो । बिहान भारतीय […]
बर्दिया- जल तथा मौसम बिभागका अनुसर् लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको छ । ती जिल्लामा तातो हावा चल्ने मौसमविद्हरुले चेतावनी दिएका हुन् । लुम्बिनीका साथै मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी बढेको छ । पछिल्लो मापन अनुसार लुम्बिनीका केही जिल्लामा ४० डिग्री पुगेको छ । अरु प्रदेशका […]
काठमाडौँ/रासस —आज देशभर १९औँ लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस […]
काठमाडौं, ११ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि […]












