काठमाडौं। पोखरा जग्गा दर्ता काण्डमा मुछिएकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पुर्ब मन्त्री रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु गरेको बताइएको छ । मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री […]

  रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित ठुलीभेरी नदीमा टिप्पर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् ।   आठबिसकोट नगरपालिका–११ चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठुलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरु टिप्पर चालक दाङका ३५ वर्षीय चालक […]

  बबई (बर्दिया), साउन ७ गते । बर्सात नहुँदा बर्दिया जिल्लामा रहेका पानी पोखरी सुक्दै जान थालेका छन् । यहाँ मात्र २०३ हेक्टर जमिनमा प्राकृतिक पोखरी रहेको छ भने ४३० हेक्टर जमिनमा कृत्रिम पोखरीहरू रहेका छन् । गत जेठ महिनाको सुरुवातमा केही बर्सात भएको भए पनि पछिल्लो समय भने बर्सात हुन सकेको छैन । यसले प्राकृतिक पोखरीहरूमा पानीको […]

  काठमाडौं, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको […]

गुलरिया। बाँसगढी नगरपालिका वडा न. ७ सगहापुरका शालिकराम यादव सर्बोच्च अदालतले तोकेको तारेख लिन साईकलमा काठमाडौँ पुगेको सचामार भाईरल बनेको केही महिनापछि बर्दियाको गुलरिया नगरपालिका ३ का तीन जना स्थानीय काठमाडौँस्थित पशुपति नाथको दर्शन गर्न साइकलमै हिडेका छन् । गुलरिया नगरपालिका– ३ तेजिपुर गाउँका जितेन्द्र कुमार यादव, दयाराम रैदास र मालती प्रसाद गोडिया पशुपति दर्शन […]

नेपालगन्ज- राष्ट्रिय वाणिज्य बैंक लि मा रहेको सबैभन्दा पुरानो युनियन राष्ट्रिय वाणिज्य बैक कर्मचारी संघ नेपाल (RABBEA NEPAL) को ३६ औं वार्षिकोत्सव को अवसरमा खाद्यान्न तथा औषधिजन्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश कमिटीको आयोजनामा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न तथा औषधि वितरण गरिएको हो । । लुम्बिनी […]

  काठमाडौं, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का […]

बबई (बर्दिया), साउन ५ गते । बर्दिया जिल्लाको राजापुर–गेरुवा जोड्ने २७ किलोमिटर सडक अलपत्र अवस्थामा छ । सडक निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको थियो । समयमा सडक निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ । निर्माण कम्पनी कान्छाराम राजेन्द्र जेभी धनगढी–४ सँग हुलाकी सडक आयोजना बाँकेले २०८० असोज ३ गते सम्पन्न गर्ने […]

बर्दिया —  राँगा चराउन गएका बेला चितुवाको आक्रमणमा परी    बारबर्दिया नगरपालिका–१० बैदीका दिनेश चौधरी घाइते भएका छन् ।   चितुवाको आक्रमणमा उनको घाँटी र छातीमा गम्भीर चोट लागेको छ । घटना लगत्तै स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको प्रहरीले जनाएको छ । उनलाई कतरनियास्थित प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरी नगर अस्पताल जयनगर लगिएको छ […]

काठमाडौं, ५ साउन । नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो ।   यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुदैँछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ ।   हालसम्म बंगलादेशले सबै […]