काठमाडौं- नेपालगंजबाट काठमाडौं जाँदै गरेको बसमा लुकाएर सुन ल्याउने एलिस ढकाल पक्राउ परेका छन्। कैलाली टिकापुर नगरपालिका-४ बस्ने २३ वर्षीय एलिस ढकाल ५०२ ग्राम सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ । बुधबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा-२ नागढुङंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक चेकजाँच गर्नेक्रममा ढकाललाई […]

  नेपालगन्ज —१४ बर्सिया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुरमा सञ्चालित एक नीजि विद्यालयका सञ्चालक पक्राउ परेका छन् । पीडित बालिकाको उजुरीको आधारमा सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाकेका इन्सपेक्टर नवीन चापागाईंले बताए । ‘१४ वर्षीय बालिकाले जबरजस्ती करणीको उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याइसकेका छौं,’ प्रहरी निरीक्षक चापागाईंले भने, ‘यसबारे थप बुझ्ने काम […]

  हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईँहरू सबैलाई छठ पर्वको शुभकामना । सूर्यको अनुष्ठान नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि […]

रासस/एएफपी/हङकङ —अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले बधाई दिएका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाइ दिने क्रम सुरू भएको हो । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा […]

  बाँके । खेतमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका २ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई कात्तिक १९ गते राति खेतमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे […]

नेपालगन्ज/ रासस- नेपालगन्ज उपमहानगरपालिका डेङ्गी रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गी सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । “नेपालगन्ज डेङ्गी रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ”, उनले […]

बाँके। सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्‍याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताउनुभयो । दुई बिघा खेतमा लगाएको मसिनो जातको धान […]

बर्दिया- देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहि देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। दिउँसोː कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश […]

वासिङ्टन डिसी (अमेरिका), रासस-   विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात मंगलबार हुन गइरहेको छ। अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ। सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्। निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प […]

  हुम्ला/ रासस –   हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ […]