बाँके/ रासस- प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् । बडादसैँको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि रहेको बागेश्वरी मन्दिरका मुलपुरोहित महन्त चन्द्रनाथ योगीले बताए । उनले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो काटेर […]
यस वर्ष विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट […]
नेपालगन्ज। असोज २३ गते काठमाडौँबाट नेपालगन्ज आउँदैगरेको भे.१ ख. ३७०९ नम्बरको बसले भे.१३ प. ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिई गम्भीर घाइते २१ वर्षीय मनिषा रोकाको उपचारको क्रममा मृत्यु भएको छ । यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएपछि उपचारका लागि भारतको लखनउस्थित देभिना अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उहाँको निधन भएको हो । खजुरा […]
खजुराबाट थप एक चितुवा नियन्त्रणमा सामुदायिक वनबाट शुक्रबार थप एक चितुवा नियन्त्रणमा लिइएको छ । बाँके राष्ट्रिय निकुञ्जबाट पुगेका २ वटा हात्तीसहित गिजरा सामुदायिकक वनमा सुरक्षाकर्मी, प्राविधिक र स्थानीयबासीको टोलीले चितुवाको निरन्तर खोजी गरिरहेका थिए । ‘वनका नजिक बस्तीहरू भएकाले मानवीय क्षती नहोस् भनेर चितुवालाई नियन्त्रणमा लिइएको हो,’ डिभीजन वन कार्यालय बाँकेका सहायक […]
बाँके/ रासस- रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै […]
वर्ष २०८१ सालको नवरात्रिमा अष्टमी र नवमी एकै दिन परेको संयोग छ । महाअष्टमी नवरात्रिका ९ देवीहरू आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान […]
सुर्खेत । नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो । गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । […]
ज्यो.पण्डित नारायण प्रसाद दुलाल नवरात्रको आठौँ दिन महागौरी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो आठौँ स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शंख, चन्द्र इत्यादि जस्तै पूर्णतः गौर वर्णकी हुनुहुन्छ । […]
जलेश्वर (महोत्तरी)। महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताउनुभयो । परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यातसोनामाई मन्दिरमा हरेक वर्ष वडादसैँको सप्तमीदेखि लाग्ने मेला यस वर्ष बुधबार बिहानैदेखि सुरु भएको अर्का पूजारी घनश्याम झाले बताउनुभयो । बडादसैँको सप्तमीदेखि […]
नवरात्रको सातौं दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात हुनुहुन्छ । देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको हुनुहुन्छ, यसै कारण देवी १ कालरात्रि नामले विख्यात हुनुहुन्छ । वहाँको स्वरूप डरलाग्दो रहेको छ, शिरको कपाल भयानक एवं बिग्रिएको छ, गोला गोला […]












