गोरखापत्र अनलाइ/ नेपालगन्ज। बाँके जिल्लामा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रप्रति स्थानीयको आकर्षण दिनदिनै बढ्दै गएको छ। आयुर्वेद औषधीको कुनै पनि साइड इफेक्ट नभएको र सो उपचार पद्धतीबाट रोगलाई जरैबाट समाप्त गर्न सकिने हुँदा बिरामीको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्र बाँकेका सूचना अधिकारी सिताराम चौधरीेले […]

  वीरेन्द्रनगर —सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १ को गौरीटोलमा राति ९ बजेतिर स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको […]

रासस/मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका-१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए । ‘रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर […]

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । रातोपाटि अनलाइनका अनुसार शुक्रबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई […]

  काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्ष रेशम चौधरीको सदस्यतामा नै प्रश्न उठाएको छ । आयोगले नाउपालाई पत्र पठाउँदै चौधरीले पार्टी सदस्यता लिएको मितिका बारेमा जानकारी मागेको छ । गत माघ २९ गते नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पार्टी अध्यक्ष भएकोसहितको दलको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगका निवेदन दिएको थियो । यससम्बन्धमा […]

विराटनगर । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी (ट्रक) मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज शुक्रबार बिहान औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक पल्टिँदा बुढीग३ंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी […]

बर्दिया । प्राकृतिक स्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्य सम्पादन मुल्याकनमा बर्दियाको ८ स्थानीय तह मध्ये बढैयाताल गाउँपालिका सबैभन्दा कम अंक ल्याएर सबैभन्दा कमजोर देखिएको छ । बढैयाताल गाउँपालिकाले १७ सूचकमा १७.०१ अंक ल्याएर सबैभन्दा पछि परेको हो । १७ सूचकमा उक्त पालिकाले ५ सुचकमा न्युन अंक पाएको छ ।   मधुवन […]

नेपालगन्ज। वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा १६.९९ अङ्कभार ल्याएर सबैभन्दा कमजोर लुम्बिनी प्रदेश देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १० सूचकलाई आधार मानेर गरेको त्यस्तो कार्यसम्पादनमा लुम्बिनी प्रदेशहरूको कार्यदक्षता कमजोर देखिएको हो । सबैभन्दा अगाडि रहेको कोशी प्रदेशले जम्मा ३०.८९ अङ्क ल्याएको छ । रोचक त के छ […]

नेपालगन्ज । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा सुरु गरेको जनाएको छ । कृत्रिम गर्भाधारणको पहिलो प्रयासको रूपमा पुरुषबाट निकालिएको वीर्यलाई प्रविधिको माध्यम द्वारा राम्रोसँग ल्याबमा […]

बर्दिया/ मधुवन नगरपालिका-२ खैरेनीस्थित सडकमा साइकलबाट लडेर साइकलयात्री सोही नगरपालिका-३ खाता बस्ने ४५ वर्षीय लोहारी थारूको बुधबार बेलुकी मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।