आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लागायत बाँकी प्रदेशका […]
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार नेपालगन्जमा एघारौं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाएको हो । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालयका तालिम तथा जनशक्ति विभागका विभागिय प्रमुख […]
नेपालगन्ज, साउन ३० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले नेपालगन्ज उपमहानगर ४ बसपार्क नजिक लागु औषधको कारोबार भइरहेको सूचना अनुसार लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार […]
सुर्खेत, ३० साउन- १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]
बर्दिया । भारतको उत्तराखण्ड राज्य, पौडी गढवालको बाकुडास्थित बिनु नदीमा बेपत्ता भएका बर्दिया मधुवनका स्थानीयहरुको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । नरेन्द्र खड्काको परिवारलाई पाँच दिनसम्म खोजी गरे पनि फेला पार्न नसकेपछि मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीय श्रीमती सरस्वती खड्का र २२ महिनाका छोरा रोमन खड्का, मधुवन–५ […]
बबई (बर्दिया), साउन ३० गते । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ १८ वटा मात्र बाघ रहेका थिए […]
गुलरिया (बर्दिया), साउन ३० गते । बढैयाताल गाउँपालिका–६ भित्र रहेका पाँच वटा सहकारीले एकै पटक मल वितरणका लागि गत साउन २७ गते सूचना जारी गरे । बुधबार राति २ बजेदेखि कृषक मल खरिद गर्न लाइनमा बसे । प्रतिकिसान २५ किलोग्राम मल उपलब्ध गराउने सूचना जारी गरिएको भए पनि अत्यधिक चाप भएपछि मल वितरण नै गरिएन […]
काठमाडौं, ३० साउन । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, […]
काठमाडौं/अनलाइनखबर । पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) […]
बर्दिया- १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-६ दमौली बस्ने ३६ वर्षीय शिवलाल सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । शिवलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











