नेपालगन्ज । सरकारको तथ्यांकअनुसार लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये सबै भन्दा बढि बाँकेमा कुपोषण देखिएको छ । बाँकेमा ४ सय २५ जनामा कुपोषण देखिएको छ । त्यस्तै रूपन्देहीमा ३ सय ९५, कपिलवस्तुमा ३ सय १३, बर्दियामा २ सय ८६, दाङमा २ सय ३२, पश्चिम नवलपरासीमा १ सय ९९, रोल्पामा ४३, प्यूठानमा ३५, गुल्मीमा ३४, […]
बिबिसि । संयुक्त राज्य अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेका विश्वसनीय आरोपका आधारमा नेपाल प्रहरीको गुप्तचर निकायसहित दुई रणनीतिक एकाइलाई कालोसूचीमा राखेको खुलेको छ। सन् २०२१ यता नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष फौज र महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेही कानुन अनुसार अमेरिकाले सहयोगका लागि अयोग्य ठहर गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। दश […]
बाँके । बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँस्थित आदर्श प्राथमिक विद्यालयको खेल मैदानमा प्रदेश सरकारले सुरु गरेको रङ्गशाला निमार्णमा ढिलाई हुँदै गएको छ । मिनी रङ्गशाला निर्माणको काम सुरु भए पनि पुर्णता पाउन नसेको निवर्तमान वडाध्यक्ष तथा न्यू डाँफे युवा स्पोर्टस क्लवका पूर्व अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए । उनका अनुसार मिनि रङ्गशालालाई पूर्णता दिन प्याराफिट […]
बर्दिया — बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीय चेतानन्द शर्माको मृत्यु भएको छ । प्रहरीका अनुसार अनुसार आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइएको थियो । बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बर्दियामा जाडोयाम लागे यता […]
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली नदीको पूर्वी भँगालो गेरुवा नदीमा पानीको सङ्कट गहिरिएको छ । वन्यजन्तुका लागि पानीको मुख्य स्रोत रहेको यही गेरुवा नदीमा एक दशकअघिसम्म प्रशस्त पानी बग्थ्यो । पानीको बहाव तीव्र थियो । पानी प्रशस्त हुँदा यस क्षेत्रमा निकुञ्जका गैँडा, हात्ती, बाघ र चराचुरुङ्गी आहाल बस्थे, पानी पिउँथे । पानी पिउन आउने वन्यजन्तुको […]
खजुरा । बाँकेमा नेपाल सरकारले किसानहरूलाई अनुदानमा विक्री वितरण गर्न दिएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको छ ।नेपाल सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री वितरण गर्न दिइएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । बाँकेको नरैनापुर ५ मटेहियास्थित ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ले किसानलाई वितरण गरिने रासायनिक मलमा दुरुपयोग […]
बाँके,/ कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देही देवदह नगरपालिका-६ खैरेनी बस्ने ३५ वर्षीय राम कृष्ण गोतामेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा […]
हिमाल खबर । सदियौंदेखि भोगचलन गर्दै आएको पुर्ख्यौली जग्गा सँधियारले मिचेपछि न्याय पाउने आसमा महीनैपिच्छे तारेख लिन बर्दियादेखि काठमाडौंसम्म साइकल चढेर आउजाउ गर्ने ६५ वर्षे शालिकराम अहिरको कथा-व्यथा। “एक जना अनौठो मानिस यहाँ आउनुभएको छ। आइहाल्नोस्। तपाईं आउने भए एकैछिन रोकेर राख्छौं,” सर्वोच्च अदालतका शाखा अधिकृत युवाचन्द्र घिमिरेले यस्तो सूचना दिएपछि माघ ४ गते तुरुन्तै […]
नेपालगन्ज । नेपालगन्जस्थित पुरानो र जीर्ण कारागारमा कैदीबन्दी राख्ने स्थान अभाव भएपछि बाँकेको नौवस्तामा नवनिर्मित नयाँ कारागारमा कैदीबन्दी तयारी सुरु भएको छ । नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदी राख्नु पर्ने बाध्यता छ । नौबास्तास्थित कारागार ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको हो । नौवस्ता कारागारको एउटा खण्डलाई बाल सुधारगृह बनाएर केही समयअघि […]
काठमाडौँ । रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन सम्पन्न भएर आज नै मतपरिणाम आउन सक्ने निर्वाचन आयोगले जनाएको छ । फागुन २१ गतेबाट रिक्त हुने दुई जना राष्ट्रिय सभा सदस्य पदका लागि जारी निर्वाचनमा गठबन्धन दलको तर्फबाट दुई र नेकपा एमालेबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी […]












