रासस/राँझा (बाँके) । बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । ‘पहिले भारतको बाटो हुँदै […]
प्यूठान — प्यूठानको नौबहिनी गाउँपालिका-३ खवांगमा २२ वर्षीया रिमा बुढामगर र ३ वर्षीय छोरा मुस्कान बुढामगर आमाछोरा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
२ मंसिर, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । अनलाईन खबरका अनुसार आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० […]
काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालका खेलाडि संगीता राईले पाँच विकेट लिई जापानलाई ६७ रनले पराजित गरेको छ। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रनमात्रै बनाउन सक्यो। त्यस्तै पुजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ विकेट लिए। जापानकी मेग ओगावाले […]
रासस/ बेलबारी, मंसिर २। जाडो छल्न चराहरू विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ। कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा […]
छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ । यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि […]
रासस/ जाजरकोट, मंसिर १ / जाजरकोटमा त्रिपालमुनी आश्रय लिइरहेका भूकम्पपीडित। फाइल तस्बिरजाजरकोटमा त्रिपालमुनी आश्रय लिइरहेका भूकम्पपीडित। फाइल तस्बिर चिसोका कारण जाजरकोटमा दुई जना भूकम्पपीडितको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। कार्की र सिंह दुवै […]
१ मंसिर, । बाँके प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । उनलाई जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएरपक्राउ गरेको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर […]
रासस बाँके । बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष यही मङ्सिर ११ देखि १३ गतेसम्म तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन […]
१ मंसिर, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेपछि अहिले धेरैले सुनेको शब्द हो ‘भीपीएन’ । मन्त्रिपरिषदले टिकटक बन्दको निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दियो । त्यसपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाए । तर […]












