२५ कात्तिक, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी […]
जाजरकोट । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा पछिल्लो एक दिनमा मात्र थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । मंगलबार बिहानसम्म कूल परकम्पको सङ्ख्या ४ सय ३९ पुगेको र सबै परकम्पको केन्द्रबिन्दु रामिडाँडा आसपास रहेको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेट जाँदा […]
रासस/ काठमाडौँ, कात्तिक १९ l जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो। उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले […]
बिबिसी । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बीबीसीलाई बताए। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले भूकम्पका कारण जाजरकोटमा ९५ […]
तस्बिर स्रोत: परराष्ट्र मन्त्रालयतस्बिर स्रोत: परराष्ट्र मन्त्रालय पोखरा, कात्तिक / संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालको कुनै हात नभए पनि नतिजा भोग्नुपरेको बताएका छन्। समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेर गुटेरेसले भने, ‘जलवायु परिवर्तनको मुख्य कारक विकसित र औधोगिक राष्ट्र हो, यसमा नेपालको […]
२०८० कार्तिक १० गते (शुक्रबार) दिउँसो ː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा […]
नेपालगन्ज ।आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ। सेतोपाटिका अनुसार खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए। ‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहेको […]
बर्दिया/ ईकान्तिपुर— ०६१ सालमा सशस्त्र द्वन्द्वको समय गुलरिया नगरपालिका १ का देवराज चौधरीले कृष्णसार संरक्षण क्षेत्रको फाँट अतिक्रमण गरी अस्थायी टहरा बनाए । उनी आउनासाथ गुलरिया १ की ज्योति चौधरी पुर्ख्यौली घर, जग्गा छाडेर कृष्णसार क्षेत्रमा आइन् । त्यसपछि जिल्लाका विभिन्न ठाउँबाट भूमिहीनका नाममा पुर्ख्यौली घर आफन्तको जिम्मा लगाई संरक्षण क्षेत्रमा अस्थायी टहरा […]
रासस; काठमाडौं, कात्तिक २/ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैंमा मौसम सफा रहने बताए। ‘दसैंमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यत: मौसम राम्रो रहने देखिन्छ,’ उनले भने। महाशाखाले […]
बाजुरा । बझाङमा फेरि गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि […]









