बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेत भेरीगंगा नगरपालिका( ५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको छ । बाँसगढी नगरपालिका(१ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वनमा महिलाको शव भेटिएको हो ।   घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ ।  

  ज्योति पन्थी बबई (बर्दिया) । बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् । डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस […]

  बिबिसी । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्‍याइएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताएका थिए। मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर उनले सामाजिक सञ्जाल ट्रूथ मार्फत् सार्वजनिक गरेका थिए। ट्रम्पले ‘यूएसएस इवो जिमा’ युद्धपोतभित्र […]

  ताप्लेजु । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर शनिबार बिहान ६ः१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा महसुस गरिएको छ । हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन […]

२०८२ पुष १९ गते (शनिबार) दिउँसोः देशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। रातीः कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]

खजुरा। बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् […]

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा शुक्रबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही […]

  बर्दिया —नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी […]

२०८२ पुष १६ गते बुधबार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश, […]

२०८२ पुष १५ गते मंगलबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राती तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा […]