खजुरा, जेठ १८ गते । अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिक्तम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम […]

  काठमाडौं, जेठ १७/  नेपालगञ्ज र धनगढीमा बुधबार (हिजो) ४३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार धनगढीको तापक्रम सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस मापन भएको थियो। नेपालगञ्जको तापक्रम पनि ४२.८ डिग्री सेल्सियस पुगेको थियो। महाशाखाले ती दुई ठाउँमा आज पनि तापक्रम उच्च रहने पूर्वानुमान गरेको छ। महाशाखाले बिहीबार बिहान […]

  नेपालगन्ज, जेठ १७ गते । बाँके राष्ट्रिय निकुञ्जका जनावर र भारतको सुहेलवा आरक्षका विभिन्न प्रजातिका जनावरको सहज र सरल ओहोरदोहोरका लागि निर्माण गरिएको कम्दी जैविक मार्गको विकास र संरक्षण गर्न सामुदायिक वन पुन:स्थापना कार्यक्रम सुरु गरिएको छ । तराई भू–परिधि कार्यक्रम तालको सहयोगमा कम्दी जैविक मार्गमा पर्ने राप्तीसोनारी ६ को राप्तीपीडित तथा गुलरी सामुदायिक […]

बीबीसी । मौसमविद् प्राध्यापक दीपक अर्याल बिथोलिएको वर्षा प्रणाली र बढिरहेको तापक्रमले नेपालमा चरम खडेरीको चेतावनी दिइरहेको बताउँछन्। “नेपालको ठूलो अर्थतन्त्र मनसुन र प्री-मनसुनको वर्षामा निर्भर छ। कति ठाउँमा यस पटक समेत पानी नपरेरै कतिपय बाली लगाउन पाइएन,” उनी भन्छन्। तर प्री-मनसुन र मनसुनबीच भने सम्बन्ध नहुने भएकाले मनसुन समेत सुक्खा हुन सक्छ भन्ने निश्चित […]

  १७ जेठ, घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ । घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल […]

हाल मौसमको अवस्था हाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। २०८१ जेठ १६ गते (बुधवार) दिउँसोː कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको […]

बर्दिया । ४० देखि ४२ डिग्री सेल्सीएस गर्मी छ । तापक्रमको पारो अझै उक्लिदो छ । गर्मीका कारण केही पश७३घढसचौपाया मरे । स्थानीय प्रशासनले गर्मीबाट जोगिन भन्दै सचेत रहन सर्वसाधारणहरुलाई आग्रह गरिरहेको छ । तर बढैयाताल गाउँपालिकाका रामदिन चौधरीलाई भने त्यसको कुनै पारवाह छैन । यस्तो उखरमाउलो गर्मीमा उनी नेपालगन्जमा असिनपसिन भएर मजदुरी गर्नमा ब्यवस्त […]

बर्दीया ।   बर्दिया जिल्लाको बाँसगढी नरपालिका वडा न ४ स्थित सामुदायीक वनको मगरपुरको जंगलमा बाघको आक्रमणमा बाँकेकि मनिसा रोकयको मृत्यु भएको छ । बाँसगढी बजारबाट बैंकिङ काम सकी दिदी बहिनी घर फर्कने क्रममा जंंगलमा पिसाब गर्ने क्रममा वाघले आक्रमण गरेको हो । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीयले जनाएका छ्न । मनिसा बाँकेबाट दिदिको बर्दिया […]

  नेपालगन्ज, जेठ ८ गते । सोमबार साँझ आएको भिषाण हावाहुरीले बाँके र बर्दियामा क्षति पुगेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ४ मा एउटा घरको टिनको छानो उडाएको छ । बिद्युतका पोलहरु ढलेपछि बर्दियाका पुर्बी क्षेत्रमा सोमबार साँझदेखि बिद्युत अवरुद्ध भ।एको छ । रेडक्रस बढैयाताल गाउँपालिका सदस्य जोखन चौधरीले हावाहुरीका कारण क्षति भएको […]

रासस/ काठमाडौँ — बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए । प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित […]