नेपालगन्ज  । लुम्बिनी प्रदेशको बर्दियालागयरका स्थानमा समान्य वर्षा भैरहेको छ । हिउँदे बर्षाले किसान खुशि छ्न । त्यस्तै गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बागमती, ,गण्डकी, […]

  १७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान अधिकारिले गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ३२ किलोमिटर थियो । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय […]

बिबिसी ।  पछिल्ला केही दिनयता काठमाण्डू उपत्यकासहित देशका अधिकांश स्थानको मौसम धुम्म देखिएको छ। दिउँसोको समयमा घाम नलाग्दा सामान्यभन्दा चिसो महसुस गरिएको अनुभव मानिसहरूले सुनाइरहेका छन्। भारतको मध्य प्रदेश र राजस्थानमा विकास भएको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको असरका कारण नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको मौसमविद्हरू बताउँछन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका […]

नेपालगन्ज । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।  

तस्बिरः गजेन्द्र गुरुङ बाँके । नेपालगन्ज उपमहानगरपालिका १८ स्थित बस्ती नजिकै शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा भेटिएको जरायोलाई उद्दार गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ् टोलीले जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ । नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो […]

    रासस/३ मंसिर, काठमाडौं । विश्व शौचालय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी […]

  रासस/ बेलबारी, मंसिर २। जाडो छल्न चराहरू विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ। कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा […]

  २५ कात्तिक, काठमाडौं ।  पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी […]

  जाजरकोट । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा पछिल्लो एक दिनमा मात्र थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । मंगलबार बिहानसम्म कूल परकम्पको सङ्ख्या ४ सय ३९ पुगेको र सबै परकम्पको केन्द्रबिन्दु रामिडाँडा आसपास रहेको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेट जाँदा […]

  रासस/  काठमाडौँ, कात्तिक १९ l  जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो। उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले […]