काठमाडौं, १० वैशाख-उदयपुर, कटारी नगरपालिका-१४ भदौरे बेशी टोल बस्ने सुर्य बहादुर मगरको घर र २ वटा गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ४१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२३ ताजपुर टोल बस्ने ५२ वर्षीय खलिल मियाको गोठघरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब १ […]

सुनसरी, १० वैशाख- बर्जु गाउँपालिका-६ चिमडी बस्ने २८ वर्षीया रेखा मेहताको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर सरसफाई गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको ज्यान ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै […]

  झापा, ४ बैशाख । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। हल्दिबारी गाउँपालिका–१ बस्ने ६१ वर्षीय नरबहादुर विकलाई  बेलुकी प्रहरीले पक्राउ गरेको छ ।   ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ […]

रासस/इनरुवा — सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।   पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा […]

  पथरी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेस्थित डाँस खोलादेखि कानेपोखरीको चिसाङ खोलासम्मको उत्तरी  भेगमा रहेको राष्ट्रिय वनलाई चाक्ला वनको अवधारणा अन्तर्गत व्यवस्थापन गर्न लागेको भन्दै १३ वटा सामुदायिक वनले आपत्ति जनाएका छन्। सामुदायिक बन उपभोक्ता महासंघ अन्तर्गत रहेका पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ४-४ र लेटाङ नगरपालिकाका ५ वटा सामुदायिक वनका प्रतिनिधि तथा […]

  धनकुटा, २० चैत । साँगुरीगढी गाउँपालिका–६ कामछेकस्थित भेडेटार रविराँके सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्रामसहित एकजना पक्राउ परेका छन् । मोरङ विराटनगर महानगरपालिका–१५ बस्ने २६ वर्षीय प्रिन्स कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।   इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.१ च ३४७८ नम्बरको कारलाई जाँच गर्ने क्रममा ३० […]

  पथरी – मोरङको पथरी-शनिश्चरे वडा नम्बर २ मा रहेको सिडलिङ मन्टेश्वरीले दीक्षान्त समारोह सम्पन्न गरेको छ। सोमबार हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पथरी-शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्बापोले बालबालिकामा गरेको लगानी सबैभन्दा महत्वपूर्ण हुने बताए। मन्तव्यकै क्रममा उनले संस्था जन्माउन मात्र ठूलो कुरा नभई संस्थालाई टिकाइरहनु चै […]

  धनकुटा, १४ चैत । धनकुटामा डढेलोको चपेटामा परी २ घर जलेका छन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार चौबिसे गाउँपालिका–२ स्थित देउराली सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किँदा स्थानियको २ घर जलेर नष्ट भएको हो ।   प्रहरीका अनुसार चौबिसे–४ को बाजथलाका रामबहादुर पाख्रीन र हिरेन्द्र निरौलाको घर जलेर नष्ट भएको छ । प्रहरी […]

  पथरी-  सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ। वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्धेश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार शान्ति सामुदायिक वनमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो। कार्यक्रममा वन डढेलोका घटना रोक्ने उद्देश्यले पथरी-शनिश्चरे-१० मा रहेको मनकामना सामुदायिक वनबाट र्‍याली निकालिएको थियो। विभिन्न […]