काठमाडौं । पर्सामा विन्दवासिनी गाउँपालिका ५ स्थित सडकखण्डबाट हेटौंडाका ४८ वर्षीय कृष्ण लामा २०७ किलो गाँजासहित पक्राउ परेका छन् । उनी गाँजा बोकेको गाडीका चालक हुन् । इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा लामाले चलाएको प्रदेश-३-०१-२४ च ५३८५ टाटा योद्धा […]
इनरुवा – सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ। जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकको निर्णयअनुसार मंगलबार राति ९ बजेदेखि लागू हुने गरी जिल्लाका प्रमुख १० वटा स्थानीय तह (क्षेत्र) मा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो। नवनियुक्त प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कर्णाली खानीखोला गाउँपालिका–६ स्थित साल्धारा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा सुत्केरी बेथाका कारण भर्ना भएकी सानीमाया लोप्चनलाई प्रतिकूल मौसमका कारण एयर एम्बुलेन्सबाट उद्धार गर्न नसकिएपछि पैदलमार्गबाटै अस्पतालतर्फ पठाइएको छ। खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार सानिमाया लोप्चन सुत्केरी बेथा लागेपछि शनिबार स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। स्वास्थ्यकर्मीको निरन्तर जाँचका क्रममा गर्भमा रहेको […]