रासस/ पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताएका हुन् । “सात जनाको फुसको घरसहित […]

झापा, वैशाख ७ गते । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको […]

दमक । झापामा पहिलो पटक हात्तीलाई गोली हानेर मारी हात्तीका दारा र पुच्छरको रौँ लगेको बताइएको छ । मेचीनगर नगरपालिका वडा नं। ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ […]

  उर्लाबारि । मोरङको लेटाङ–१ को जङ्गलमा कात्तिके भन्न ठाउँ नजिकै शव भेटिएको छ । सुँगुरलाई चारो खोज्न जङ्गल गएका स्थानीयले चेपाहा खोल्सीमा सडेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लेटाङ–१ का वडाध्यक्ष विष्णु मगरसहित इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोली घटनास्थलमा पुगेको छ । कोही मानसिक सन्तुलन गुमेको व्यक्ति हुन सक्ने प्रहरीको […]

  बिर्तामोड । झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो । गिरीले बिर्तामोडको शनिश्चरे रोडमा बुद्धशान्ति २ की ४५ वर्षीया सविता सिटौलालाई ६० हजार […]

  झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘मर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा […]

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो । शनिवार साँझ गाई गोठमा अचानक आगलागी हुँदा एक परिवारका दाजुभाइका तीन छोराछोरीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ । आगलागीमा परि केदार […]

  काठमाडौं / महोत्तरी, पिपरा गाउँपालिका-१ ढेकाहा बजारस्थित सडकमा मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई बीआर ०६ पिडी ३३३० नम्बरको टाटासुमोले ठक्कर दिई भाग्ने क्रममा साईकलयात्रीलाई समेत ठक्कर दिँदा साईकलयात्री धनुषा क्षरेश्वर नगरपालिका-१ रमदैया बस्ने ६० वर्षीय राज किशोर यादव र ट्याक्टरमा सवार पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ६० वर्षीय अकवर राईनको आइतबार दिउँसो मृत्यु […]

  काठमाडौं/ झापा, मेची नगरपालिका-५ घोडाधिनमा मे.११ प ५७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया देविमाया विकको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु 3 भएको हो । साथै दुर्घटनामा घाइते भएकी अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ […]

विराटनगर । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी (ट्रक) मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज शुक्रबार बिहान औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक पल्टिँदा बुढीग३ंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी […]