ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका दिलबहादुर बस्नेतको कुटपिटबाट २६ वर्षीया मनमाया शेर्पा (बस्नेत) घाइते भएकी छन् । घरायसी विवादलाई लिएर आफ्नी श्रीमतीमाथि बस्नेतले कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ । बस्नेतले श्रीमतीको शरीरमा नीलडाम र चोट लाग्ने गरी कुटपिट गरेका हुन् ।
ईलाम/ ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा/रासस- पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएको छ। आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरू बताउँछन्। जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चौकमा धरानबाट उपचार गराएर घर फर्किने क्रममा चौकमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीले दुई युवालाई कुटपिट गरेको छ । प्रहरीले इनरुवा नगरपालिका–८ का वडा कार्यालयका कम्प्युटर अपरेटर २६ वर्षीय राजेश मण्डल र २२ वर्षीय विवेक मण्डललाई कुटपिट गरेको हो । सुरक्षा जाँचको नाममा ब्लुबुक र लाइसेन्स चेकजाँच गर्दा सबै देखाउँदा […]
इलाम, ११ पुस/ सूर्योदय नगरपालिका-८ पाल्टाङ्गेस्थित सुभाकर पुरासैनीको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा नगद ७० हजार रूपैयाँ, घरमा रहेको कस्मेटिक पसल, फर्निचर लगायतका सामान जलेर करिब ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको […]
भद्रपुर । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेकी खातुललाई प्रहरीले उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनको श्रीमान् विदेशमा समस्या रहेको भन्र्द उद्धार गरिदिन भन्दै हिँडिरहेकी थिईन । भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् […]
काठमाडौं, २० मंसिर/ सुनसरी, कोशी गाउँपालिका-१ जमुवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । पर्सा, जिराभवानी […]
विराटनगर । मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको हो । यसअघि तपन पण्डित, कुमार दाहाल ,कुमार तामाङ र रुकुमबहादुर कार्कीको मृत्यु भएको थियो […]
रासस/ झापा, मंसिर ११/ पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी […]
६ मङ्सिर, रासस, झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ […]











