धीरेन्द्रप्रसाद साह राजविराज, असोज २४ गते । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति बिजुली सर्ट भएर लागेको भीषण आगलागीमा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा एक व्यक्ति घाइते भएका छन् भने करिब ५० लाख ३० हजार रुपियाँ बराबरको धनमाल तथा चौपायाको क्षति भएको छ । बिहीबार राति करिब १० बजे ललित यादवको […]

धनुषा, २३ असोज- बटेश्वर गाउँपालिका-१ कार्तिकुवर बस्ने राम सोगारथ महतोको छोरा १४ वर्षीय अभिनाष महतोकोघर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  जनकपुरधाम । किशोरीलाई बोलाएर बलात्कार तथा बल्याकमेल गरेको आरोपमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका २१ वर्षीय दीपक राउत पक्राउ परेका छन् । पीडित युवतीलाई भने सेफ हाउसमा राखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दीपकले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको […]

  रौतहट-चन्द्रपुर नगरपालिका-९ चेतनगर बिर्ता बस्ने २८ वर्षीया मिन्कु देवी साहको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुरस्थितसिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

  रौतहट- कटहरीया नगरपालिका-२ अतियाही टोल बस्ने मेरूलाल लहेरीको छोरा १७ वर्षीय सरोज लहेरी र रामध्यान राय यादवको छोरा १६ वर्षीय नबिन यादवको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ । यसैगरी रौतहट, ईशनाथ नगरपालिका-८ मनसरी टोल बस्ने ४५ वर्षीय शेख जमरूणको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान […]

  काठमाडौं । सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । […]

  सञ्जय मिश्रा रौतहट, ५ असोज ।  रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।   भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१  बाट ३३४ केजी गाँजा बरामद गरिएको […]

  भ्रष्टाचारी लेखापाल जोगाउन फतुवा बिजयपुरमा आगजनी साढे ३ करोड क्षति : २ शिक्षक, २ वडा अध्यक्षको संलग्नता सञ्जय मिश्रा, रौतहट, ३१ भदौ। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाट निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई जोगाउने योजनाअन्तर्गत योजनाबद्ध रूपमा गरिएको खुलासा भएको छ। घटनामा  शिक्षकद्धय सुबोध यादव , रबिन्द्र यादव र दुईजना […]

  सञ्जय मिश्रा रौतहट, १ असोज। जेन जी आन्दोलनले देशभर अराजक परिस्थिति निम्त्याउँदा राजधानी सिंहदरबारदेखि जिल्लास्तरका सरकारी धरोहरहरू जलेर खरानी भए।   रौतहटमा मात्रै दर्जनौँ सरकारी कार्यालय जलाइए, प्रहरी कार्यालय आक्रमणमा परे, सदरमुकाम गौर कारागारबाट सयौँ कैदी फरार भए। तर यही अराजक परिस्थितिमा एउटा प्रहरी कार्यालय भने एक इन्स्पेक्टरको साहस र रणनीतिकै कारण जोगियो।   […]

काठमाडौं, ३० भदौ- काठमाडौं महानगरपालिका-१६ बनस्थली चोकस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । हाल फरार टिपर […]