प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन्। आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्युत व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताए। उनले […]

काठमाडौं / सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको प्र.-३-०१‍-००१ग ३७०५ नं.को ७.५ टन ट्रकले बा.प्र -०२ -०१८ प ९२७७ नं.को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक काठमाडौं महानगर-१३ ताहाचल बस्ने ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको छ। बिहीबार राति साढे ७ बजे काठमाडौं‌ महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा एक […]

  काठमाडौं । नेकपा (एमाले) गण्डकीमा नेतृत्व चयनका लागि बिहान ११ः५५ बजेदेखि मतदान सुरू भएको छ । ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। मतदानको समय साँझ ५ः३० बजेसम्मलाई निर्धारण गरिएको र आजै नतिजा आउने छ । एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ। […]

काठमाडौँ । बिहीबार बिहान साढे ६ बजे मध्यपुर पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२(०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च २०४९ नम्बरको कार जुधेपछि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मध्यपुर थिमि नगरपालिका(९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बरालको आज बिहान करिब ७ […]

  १७ असोज, काठमाडौं । काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको हो । सिद्धलेक गाउँपालिका ६ का निर्मल र सन्जिवको […]

बा१५ असोज, काठमाडौं । गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सन्चालक साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको छ । उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चितवन । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् । भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए […]

    रासस , दमौली (तनहुँ) । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास-१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास*-११ का १५ वर्षीय युवा र यही असोज […]

काठमाडौं / काठमाडौं महानगरपालिका-२९ स्थित घट्टेकुलो चोक नजिक बस्ने चन्द्र केशरी बज्राचार्यको घरम कोही नभएको अवस्थामा नगद १ लाख ६० हजार रूपैयाँ, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामानहरू गरी करिब ६ लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरस्थित अरनीको बस्ती डेरा गरी बस्ने […]

  काठमाडौं/ काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रेपलाञ्चोक नमोबुद्द नगरपलिका-७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा […]