ललितपुर/रासस- ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सब-इञ्जिनियर सविन दाहालको मृत्यु भएको छ। महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो। ‘खोल्सामा साँझ अन्दाजी ७:३० बजेतिर आएको […]
ललितपुर, ११ असार- गोदावरी नगरपालिका-१४ हाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]
काठमाडौं, १ असार । जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र काभ्रेवाट १७ जना पक्राउ परेका छन् । भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा रामप्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ […]
हेटौडा, २१ जेठ । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ। कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको हो । […]
चितवन, १९ जेठ- माडी नगरपालिका-३ सिमरास्थित रिउ खोलाको छेउमा रहेको कास घारीमा सोही नगरपालिका-३ रतनी बस्ने ५५ वर्षीय सुकल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १२ जेठ भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट बृहस्पति मार्ग डेरा गरी बस्ने जाजरकोट घर भएकी ५० वर्षीया रोशनी शाही आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ कुडियास्थित रामजानकी मन्दिरको छेउमा भारत गोरखपुर गुलेरिया थाना एक्ला बस्ने ४५ वर्षीय राजेश चामार आइतबार मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तु, बुद्धभूमि […]
भक्तपुर, १० जेठ- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मध्यपुर थिमी नगरपालिका-८ बस्ने २७ वर्षीय गुर्जु भन्ने निरोज बज्राचार्यलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-४ गाम्चास्थित सडकबाट उनलाई बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका-९ […]
तनहुँ, ९ बैशाख । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय […]
गोरखा, ८ जेठ- भिमसेनथापा गाउँपालिका-४ धावाचौतारा बस्ने ७० वर्षीय बलाराम बिकको करेन्ट लागेर मंगलबार दिउसो मृत्यु भएको छ । सोही ठाउँस्थित बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाईनको पोलमा सपोर्ट राखिएकोस्ट्याण्ड तारबाट करेन्ट लागेर उनकोघटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे । कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज काठमाडौं आउँदैनन् । उनी धादिङमै गुण्डागर्दी मार्फत ठेक्का पट्टा हत्याउने व्यावसायमा छन् । जेल भित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भएपनि जेलभित्रैबाट १० […]










