काठमाडौं, ३ बैशाख । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर मङ्गलवारबाट ‘ललितकला मेला– २०८२’ सुरु भएको छ ।   मेलाको प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका हुन । उनले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने […]

काठमाडौं, २ वैशाख- तनहुँ, देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशुली नदीको किनारमा गोरखा शहिद लखन गाउँपालिका-७ बुङकोट घर भएका २९ वर्षीय निरञ्जन खनाल सोमबार मृत अवस्थामा फेला परेका छन् । इलाम, सूर्योदय नगरपालिका-९ ढोरे बस्ने ६५ वर्षीय देव कुमार राई सोही ठाउँस्थित जोगमाई खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]

काठमाडौं, ३१ चैत- भोजपुर,भोजपुर नगरपालिका-३ सेतीबगरस्थित सडकमा बोखिमबाट छिनामखुतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त११२४ नम्बरको ट्याक्टरसडकबाट करिब ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-५ बस्ने ५२ वर्षीय निर प्रसाद फुयाल र ५५ वर्षीय भक्त बहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँ,ब्यास नगरपालिका-५ मोचाबारीस्थित […]

  काठमाडौं, २५ चैत । काठमाडौंमा ९ जना जुवाडे पक्राउ परेका छन् ।   नागार्जुन नगरपालिका–१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।   प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो […]

  मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोली माथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको […]

  काठमाडौं, ११ चैत । चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन ।   सालकको खपटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रूपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको […]

  काठमाडौं, १५ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ।   बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र […]

  काठमाडौं – काठमाडौंबाट विराटनगर जाँदै गरेको कारले बिपी राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। सिन्धुली प्रहरीका इन्स्पेक्टर सुनिलप्रसाद चौरसियाका अनुसार शुक्रबार बिहान १० बजे गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा कारले मोटरसाइकललाई ठक्कर दिएको हो। घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-५ का ३० वर्षीय सूर्यप्रसाद आचार्य र पछाडि सवार बारा जितपुर सिमरा […]

हेटौँडा, ७ फागुन | हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो। तर, स्थानीय प्रहरीको असहयोगका कारण ट्रक मकवानपुरको नाका पार गर्न सफल भएको थियो। पछि, सशस्त्र प्रहरीको सहयोगमा ट्रकलाई पथलैयामा रोकिएको पशु सेवा कार्यालय मकवानपुरका […]

  काठमाडौं । कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीनजना पुगेका छन् । शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् । अझै आठजनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ । गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई […]