पोखरा । पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार पक्राउ गरेको छ । गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले पक्राउ गरेको थियो । […]
ओखलढुङ्ग । ओखलढुङ्गाको चम्पादेवीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक गम्भीर घाइते हुनुभएको छ । मंगलबार साँझ ५ बजेको समयमा ओखलढुङ्गा सदरमुकामदेखि चम्पादेवी गाउँपालिकोको बिलन्दुतर्फ जाँदै गरेको लु ३ त ९९७४ नम्बरको ट्याक्टर चम्पादेवी गाउँपालिका –७ जोखरिया दुम्सेखोलामा अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टरमा सवार […]
काठमाडौं । पवर्तको जलजला गाउँपालिका-२ मल्लाजमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया कमला जिसी हत्या घटनामा दुई जना नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकासराज खनालले बताए । ‘सोधपुछ […]
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वार जाँदै गरेको जिप आइतबार साँझ दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । गाउँपालिका केन्द्र पोखरेबगरबाट पर्यटक लिन पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको […]
सुलीकोट। शारीरिक र मानसिक रूपमा अशक्त युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका ८ रातमाटेमा स्थायी घर भएका ४० वर्षीय का चित्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २०८० साल फागुन २९ गते दिउँसो १ […]
काठमाडौं । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा घाईते भएका मध्ये दुई जनाको मृत्यु भएको छ। उनीहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपमा सवार चालकसहित १२ […]
१६ पुस, काठमाडौं । रुस–युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको छ । उनको मृत्युको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । ‘उनले आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको जनाए । वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई […]
कास्की, १३ पुस/ आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रत्नले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई […]
पोखरा । नवलपुरमा घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका बेला बाघको आक्रमणमा परि सासु बुहारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ । उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको उनले बताए । लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो । घरभित्र आगो बालेर ताप्ने क्रममा […]











