लेखनाथ, वैशाख २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार सोमबारभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिने प्रयोजनका लागि संसद्को बैठक आइतबार दिउँसो ३ बजे बोलाइएको छ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र नेकपा (माओवादी […]

काठमाडाैँ । शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएपनि गठबन्धनभित्र सहमति नभएपछि स्थगित भएको बैठक शनिबार साँझ साढे ५ बजे बस्न लागेको छ। बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनेछन् । त्यसअघि गठबन्धन दलका नेताहरूबिच सहमतिको प्रयास हुनेछ ।  

  कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार साँझ ५ बजे विश्वासको मत लिने कार्यक्रम तय भएपछि रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले विश्वासको मत नदिन ह्विप निर्देशन जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा […]

  धनगढी, वैशाख २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष […]

काठमाडौं/ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को जनपरिचालन तथा सामाजिक अभियान विभागले १४ बुँदे अभियान घोषणा गरेको छ। काठमाडौंमा बुधबार कार्यक्रम गरेर नेसपाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीदेखि आफ्नै खेतबारीमा भविष्य खोज्नेसम्मका अभियान घोषणा गरेको हो। नेसपाले स्वदेशी उद्योग प्रबर्द्धन र मजदुरहरूको हकहित तथा अधिकार अभियानदेखि विदेशबाटै मतदान गर्न पाउने कानून कार्यान्वयनमा दबाबसमेत […]

  सुर्खेत, वैशाख १९ गते । रोजेको मन्त्रालय नपाएपछि नेकपा (एमाले) का नेता विनोदकुमार शाहले मन्त्रीको शपथ लिन अस्वीकार गर्नुभएको छ । एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर शाहले मंगलबार शपथ ग्रहण कार्यक्रम नै बहिष्कार गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका शाहले […]

  धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । ६ वैशाखमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका […]

  १८ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएर जमानत जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो । उपनिर्वाचनमा गणना भएको ६९ […]

– वैशाख १७ । बझाङ प्रदेशसभा १(१) मा १५ वैशाखमा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै जित निकालेका हुन् । एमालेका भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत […]