काठमाडौँ । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गर्दै अन्य सबै राजनीतिक दलले पनि भाग लिनुपर्नेमा जोड दिएको छ । कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ। धैर्य, संघर्ष र त्यागका […]
काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् । पूर्ण पाठः
काठमाडौँ रासस— सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ । […]
काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेदेखि मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको कार्यव्यस्तताले सोमबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक मंगलबार बसिरहेको हो । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्की विभिन्न कार्यक्रममा सहभागी भएकाले मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन ।
काठमाडौँ । वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आरम्भमै उनीहरूले आआफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन् । केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रिने तयारीमा छन् । पूर्वप्रधानमन्त्री डा. […]
काठमाडौँ । मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । प्रस्तावित व्यवस्था अनुसारको अध्यादेश जारी भई कार्यान्वयनमा आए विदेशमा रहेका नागरिकले […]
काठमाडौँ- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले […]
काठमाडौँ — निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि २१ दल दर्ता प्रक्रियामा छन् । पाँच वटा नयाँ राजनीतिक दल दर्ता भइसकेका छन् । प्रतिनिधिसभा निर्वाचनको घोषणा भएयता २० वटा नयाँ र एकीकरण प्रक्रियाबाट आएको एउटा दल पनि दर्ता प्रक्रियामा छन् । पुराना पार्टीहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहित विभिन्न दल एकीकरण भएर बनेको नेपाली कम्युनिस्ट […]
गुलरिया(बर्दिया)। मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ । पछिल्लो एक हप्ता यता दैनिक दुई सयको हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ । बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा […]









