रासस काठमाडौँ, कात्तिक ७ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक […]
काठमाडौँ । मधेस केन्द्रित दलहरूले दसैँ, तिहार र छठ पर्वको मौका पारेर संगठन विस्तारमा जोड दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका दलले चाडपर्वको समयलाई सदुपयोग गर्दै तराई मधेसमा आफ्नो संगठन विस्तारको कामलाई तीव्रता दिएका छन् । पहाडी क्षेत्रमा चाडपर्वका अवसरमा मानिसहरू […]
काठमाडौ । प्रधानमन्त्री प्रचाण्डको परराष्ट्र सल्लाहकारमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाका छोरा रूपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो। सापकोटाले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रूपमा पत्र बुझिसकेको जानकारी दिए। अहिले उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्। यसअघि सापकोटाले नेपाल […]
विराटनगर । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाए । बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा उनले ८६ मत प्राप्त गरे । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले विश्वासको मत दिए […]
काठमाडौं । नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ । ३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् । आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पति प्रभु साहले आम जनता पार्टी बनाएपछि मेयर साह पनि त्यही दलमा आवद्ध भइन् […]
नेपालगन्ज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिश्वास्को मत लिन दसैंअघि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ। प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो। मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्। […]
मोरङ — कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई पद तथा गोपनियताको शपथका लागि आज दिउँसो २ बजेको समय तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई सपथ खुवाने छ्न । कांग्रेसबाट विद्रोह गरेर आफूलाई समर्थन गरेकामध्ये ए क जना र एमालेबाट एक गरी दुई […]
२७ असोज, विराटनगर । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको […]
असोज, विराटनगर । कोशीको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले दाबी पेश गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित कांग्रेशबाट कार्की र माओवादीका नेता आङ्बो गठबन्धनबाट दाबि पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् । आङ्बोले दल नेताहरुको […]
नेपालगन्ज । जनमत पार्टीले बाँके, रौतहट र महोत्तरीमा नयाँँ इन्चार्ज तोकेको छ। बाँकेमा विष्णुप्रसाद यादव, रौतहटमा शेख जमसेदले इन्चार्जको जिम्मेवारी पाएका छन्। महोत्तरीमा वीरेन्द्रकुमार मण्डल र लाई जिम्मेवारी दिइएको पार्टी अध्यक्ष सिके राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।











