बर्दिया — नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए कारबाहीको लागि तयार भएकोु बताएका छन् । गुलरियामा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । ुनबिराउ न डराउ,’ उनले भने । उनले प्रधानमन्त्री फेर्ने कुरा हल्ला मात्रै भएको जनाए । उनले मुलकमा कृषि क्रान्ति जरुरी […]

  धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् ।   उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता […]

असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वाेच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका […]

  जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चोर बाटोबाट मन्त्रालय फुटाएको भन्दै जसपाबाहेक गठबन्धनका पाँच दलका नेताहरु असन्तुष्टि जनाएका छन् । सोमबार र मंगलबार बिहान मधेश भवनमा गठबन्धनका पाँच दलका नेताहरुको बैठकले मुख्यमन्त्री यादवले सल्लाह नै नगरी मन्त्रालय फुटाएको विषयमा जवाफ माग्ने निर्णय गरेको छ ।   नेपाली कांग्रेस संसदीय दलका नेता समेत […]

काठमाडौँ /ईकान्तिपुर- नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो । कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय सभापति देउवाले गठबन्धनमा भएको […]

कन्चनपुर । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षमा चार जनाको उम्मेदवारी परेपछि सर्बसम्मत हुन सकेको छैन । प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्। तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। […]

खजुरा २०८० असोज २२ इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन । सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले […]

खजुरा २०८० असोज २२ बाँकेको नेपालगन्जमा भएको यो घटनाले र धरान मलंगवा सलार्ही मा भएको घटनाले गर्दा नेपालमा धार्मिक द्धन्द्ध भइरहेको छ हामीलाई आखिर जे डर थियो, जानी–नजानी मुलुक त्यही बाटोतिर अग्रसर छ । राजनीतिक अस्थिरता र संक्रमणबाट पटक–पटक गुज्रँदै आएको देश फेरि त्यस्तै अर्को महासंकटको डिलमा उभिएको छ ।   एकातिर साम्प्रदायिक र धार्मिक हिंसा भड्काएर […]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायल आक्रमणमा परी ज्यान गुमाएका मृतक नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गर्न आग्रह गरेका छन्। प्यालेस्टानी समूह हमासद्वारा इजरायलमा गरेको आक्रामणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन्। ‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका […]

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन्। आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्युत व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताए। उनले […]