रासस/ काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेकी छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

    वीरेन्द्रनगर — एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहले प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले पराजित गरेका छ्न ।   शाहले ३ सय ६९ मत ल्याए भने शाहीले २ सय ७ मत ल्याए । शाह नेकपा एमालेका पोटिलब्युरो सदस्यसमेत हुन् । उनी पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य पनि भएका थिए । अध्यक्ष […]

  मोरङ — एमाले कोशीको नेतृत्व चयनका लागि मतदान सकिएपछि अपराह्नबाट मतगणना कार्य हुने भएको छ । प्रदेश कमिटीको अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा चेम्जोङ‌को मात्रै उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका […]

  काठमाडौं । चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् । सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।   […]

  असोज, काठमाडौं ।  संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री  पुस्पकमल दाहाल चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि […]

    असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ । प्रदेशको अध्यक्षका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य […]

  बुटवल — एमालेको बिहीबार बुटवलमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले  लुम्बिनीका १२ जिल्लामा  पुस भित्रै अधिबेशन गर्ने निर्णय गरेको छ । तीमध्ये रूकुम पूर्वमा मंसिरमा र अन्य जिल्लाको पुसभित्र गर्ने निर्णय गरेको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् ।   भदौ १६ गते राधाकृष्ण कँडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएपछि बिहीबार […]

  काठमाडौं । सर्वसम्मतको प्रयास गर्न भन्दै नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् म अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए । तर उम्मेदवारीको सूची प्रकाशित गर्दा पाण्डेको नाम हटेको छ । सर्वसम्मतिको […]

  धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताबाट गाडी फिर्ता ल्याएको छ । प्रदेश सभाको सार्वजनिक लेखा समितिले गत महिना ती गाडी ऐन विपरीत संसदीय दलका नेताले प्रयोग गरेको ठहर गरेको थियो। समितिले सचिवालयलाई ऐन विपरित प्रयोग भइरहेका गाडी तीन दिन भित्र फिर्ता लिन […]

नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाउन ढिलाइ भइरहेका बेला कांग्रेस र माओबादीबीच मन्त्रालय लिन तिब्र मतभेड छ । सरकार गठनका क्रममा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउने सहमति भए पनि सरकारले पुर्णता पाउन सकेको छैन । माओबादीले सहमति अनुसार मन्त्रालय नपाएको असन्तुष्टी जनाउँदै मन्त्री समेत फिर्ता बोलाउने चेतावनी दिइसकेको […]