बीबीसी- केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको मङ्गलवार १०० दिन पुग्दा सत्तापक्षकै कतिपय नेताले “सरकारले जनतामा आशा जगाउने खालको काम गर्न नसकेको” बताएका छन्। मन्त्रीहरूले आफ्ना सय दिनका “उपलब्धि” सार्वजनिक गरिरहेका बेला सत्तापक्षभित्रै सरकारको कामलाई लिएर असन्तुष्टि रहेको देखिएको हो। संसद्का दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धनमा बनेको अहिलेको सरकारलाई सत्ताधारी नेताले […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज साँझ सवा ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ ।
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएका छन् । विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको उनको भनाई छ । ‘‘।सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही […]
काठमाडौँ । नेकपा एमालेका नेता तथा सहकारी ठगी सम्बन्धी संसदीय छानिविन विशेष समितिका संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विषयमा भएको विरोध प्रदर्शन र लामिछानेको अभिव्यक्ति प्रति टिप्पणी व्यक्त गरेका छन् ।
कास्की । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको समाचार बाहिर आएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाह नेपालगञ्जबाट अदालत आएर प्रहरी अधिकारीसंग छलफलमा जुटेपछि उक्त समाचार बाहिरिएको हो । कास्की जिल्ला अदालतका ७ जना न्यायाधीशहरुमध्ये ६ जना न्यायाधीश आज विदामा रहेका छन् । न्यायाधीश […]
काठमाडौं/ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बस्यो। बैठकमा प्रतिपक्षी दलहरू माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी थिए। प्रतिपक्षी दल नेता प्रचण्डले बोलाएको बैठकमा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नागरिक […]
काठमाडौँ, कात्तिक १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ । साथै उहाँले धर्मशालासम्बन्धी कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ […]
विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदै आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको रुपमा जिम्मेवारी दिएका हुन ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ । विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे । “जो […]












