काठमाडौं । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी नियुक्त भएको जानकारी निर्वाचन आयोग पुगेको छ । २७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको हो । आयोगका अनुसार गत माघ २९ गते नाउपाले निर्वाचन आयोगमा निवेदन […]
काठमाडौँ । निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम […]
नेपालगन्ज । नागरिक उन्मुक्ति पार्टीले आज देशभरीका जिल्लाहरुमा दोस्रो बर्ष गाँठ भब्यरुपमा मनाउँदै छ । पार्टीको स्थापना दिवसको अवसरमा पार्टी कार्यालयहरुमा चियापान, अन्र्तक्रिया कार्यक्रम गरिने पार्टी महासचिव ठाकुरसिंह थारुले बताए । उनले देशभरी रहेका पार्टीका कार्यकर्ताहरुलाई क्षेत्र,पालिका र वडास्तरमा दोस्रो स्थापना दिवस मनाउने सर्कुलर जारी गरिएको जनाए । अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले […]
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरी सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरेका छन् । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।
विराटनगर । धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र […]
काठमाडौँ। सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेबाट सुरु भएको छ । बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९-८० पेस, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने […]
नेपालगन्ज । नागरिक उन्मुक्ति पार्टीले देशभरीका जिल्ला, क्षेत्र,पालिका र वडास्तरमा दोस्रो स्थापना दिवस मनाउने भएको छ । अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरी मनाउने निर्णय गरेको हो । पार्टी महासचिव ठाकुरसिंह थारूले एक विज्ञप्ती जारी गरी पार्टीको स्थापना दिवस भब्यताका साथ मनाउने तयारी भइरहेको जनाएका छन् […]
काठमाडौं /अनलाईन खबर । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो । २००७ सालमा जहानियाँ राणा […]
ईकान्तिपुर /बुटवल — सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको लुम्बिनी प्रदेश सरकारको विकास बजेट खर्चमा सुस्त देखिएको छ । गठबन्धन सरकार गठनको झण्डै एक वर्ष पुग्न लाग्दा पनि सरकारले विकासमा गति लिन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि कुल बजेटको साढे १८ प्रतिशत मात्र बजेट खर्च भएको छ । […]
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यानवयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ […]












