प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन्। आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्युत व्यापार नेपालको लागि पहिलो प्राथमिकता नरहेको भन्दै विद्युत उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको बताए। उनले […]

काठमाडौँ — कोशी प्रदेशमा फेरि नयाँ मुख्यमन्त्रीको खोजी सुरू भएको छ । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले सरकारका पक्षमा बहुमत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिए । उनको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू भएको हो । ईकान्तिपुरका अनुसार गत मंसिरमा आमनिर्वाचन भएयता कोशीमा अहिलेसम्म चार […]

  असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।   कांग्रेस-माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ । वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ । कांग्रेस नेतृत्वको […]

    मोरङ — सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई बुधबार दिएका हुन् ।   संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा […]

  ईकान्तिपुर / न्युयोर्क — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा जाने भएका छन् । उच्च कूटनीति स्रोतका अनुसार महासचिव गुटेरेसले असोजको अन्तिम साता नेपालको भ्रमण गर्न लागेका हुन् । महासचिव गुटेरेसको भ्रमणलाई लिएर उनको सचिवालय र न्युयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगले गृहकार्य थालिसकेको स्रोतले बतायो । त्यसका लागि नेपाली नियोगले परराष्ट्र मन्त्रालयसँग सहकार्य […]

  काठमाडौं । नेकपा (एमाले) गण्डकीमा नेतृत्व चयनका लागि बिहान ११ः५५ बजेदेखि मतदान सुरू भएको छ । ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। मतदानको समय साँझ ५ः३० बजेसम्मलाई निर्धारण गरिएको र आजै नतिजा आउने छ । एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ। […]

  काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअघि महासमिति सदस्य चयन हुननसकेका २५ वटा जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने विधानको व्यवस्था छ । निर्वाचन समितिका अनुसार ४५ जिल्लाको महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइसकेका छन् । एक भन्दा बढी निर्वाचन […]

रासस/ काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेकी छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

    वीरेन्द्रनगर — एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहले प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले पराजित गरेका छ्न ।   शाहले ३ सय ६९ मत ल्याए भने शाहीले २ सय ७ मत ल्याए । शाह नेकपा एमालेका पोटिलब्युरो सदस्यसमेत हुन् । उनी पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य पनि भएका थिए । अध्यक्ष […]

  मोरङ — एमाले कोशीको नेतृत्व चयनका लागि मतदान सकिएपछि अपराह्नबाट मतगणना कार्य हुने भएको छ । प्रदेश कमिटीको अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा चेम्जोङ‌को मात्रै उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका […]