काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबिच आइतबार बिहान सभापति लामिछाने निवास बुढानीलकण्ठमा करिब तीन घण्टा छलफल भएको छ । उनीहरूबिच पछिल्लो भएको आत्मदाहको घटना र सुकुमबासी समास्या समाधान बारे छलफल भएको छ ।
माजिद गिरफ्तारीबारे जेनजी फ्रन्टले भन्यो– सर्वोच्चमा रिट हालेकाले प्रतिशोध साँधियो काठमाडौं । नेपाल जेनजी फ्रन्टले जेनजी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीलाई ‘प्रतिशोध’ भनेर टिप्पणी गर्दै तत्काल रिहाईको माग गरेको छ । सुकुमवासीलाई व्यवस्थापन गर्ने बहानामा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गए रातिको निरन्तर वर्षाका कारण डुबान भएपछि सोको वस्तुस्थिति बुझ्न पुगेका माजिदसहितका जेनजी अभियान्तालाई नेपाल प्रहरीले विद्यार्थी […]
काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । कांग्रेसलेदर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेसी पनि तोकेको छ । संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथी राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम […]
काठमाडौं । काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको विषय संसद् बैठकमा पनि उठेको छ । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन् । सांसद शाहीकाअनुसार, मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ११ का नेपाली राहदानी बनाउन बिहान […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले बर्दियाको सिंचाई, स्वास्थ्य अवस्था बारे सरकारलाई सदन मार्फत जानकारी गराएका छन् । उनले बिहिबार बिशेष समयमा बर्दिया अस्पतालमा तत्काल आईसीयुक सन्चालन गर्न माग गरे । त्यस्तै, बबई सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सन सम्पन्न गर्न तिब्रताका साथ काम अगाडि बढाउन ध्यानाकर्षण गराएका छन् । बर्दिया […]
काठमाडौँ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित सोही पत्रकार सम्मेलनमा कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले यसबारे जानकारी दिनुभएको हो । सञ्चारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र […]
काठमाडौँ /रासस। सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो । राजनीतिक नियुक्ति पारदर्शिता, खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा हुने छ । रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो । उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। […]
बुटवल- लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल लगातार प्रभावित हुनुको मुख्य कारण सत्ता गठबन्धनभित्रै देखिएको असन्तुष्टि रहेको छ । बजेटमा आफ्ना निर्वाचन क्षेत्रका योजना समावेश नगरिएको भन्दै सत्ता पक्षका सांसदहरू नै विरोधमा उत्रिएपछि प्रदेश सभा बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले बजेट निर्माणअघि प्रत्यक्ष […]
काठमाडौँ ।राप्रपाका महामन्त्री धवलशमशेशर राणा नयाँ पार्टी गठनको होमवर्कमा जुटेका छन् । उनले राप्रपा महामन्त्री पद परित्यागको घोषणा गरेर पार्टी गठन गर्ने तयारी गरेका हुन् ।












