बर्दिया — घाँस दाउरा लिन बर्दियाको मधुवन नगरपालिका–१ दुर्गानगर स्थित दुर्गा सामूदायिक वन गएका सोही ठाउँकी ५२ वर्षिया सीता थारु र ३१ वर्षिया शुशिला चौधरी घाइते भएका छ्न । शुक्रबार दिउँसो करिब ३ बजे हात्तीको आक्रमणमा घाइते भएकी थारु र चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुसँग दिउँसो […]
बाँके । जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवम विपद ब्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार पोखरेलले सुरक्षा निकायलगायत विभिन्न स्रोतहरुबाट विपन्न वस्ती र समुदायको पहिचान गरी उनीहरुलाई सहयोग दिन थालिएको बताउनुभयो । नेपालगञ्ज केन्द्रित गरेर […]
बर्दिया — विहीबार बेलुकी चितुवाले आक्रमण गर्दा बारबर्दिया–९ कि २८ वर्षीया शर्मिला चौधरी घाईते भएकि छ्न । कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी गाउँतर्फ आउँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकल हलमा घाइते चौधरीको उपचार भइरहेको छ ।
धादिङ / गजुरी गाउँपालिका-४ अर्चले बस्ने ५६ वर्षीय धन बहादुर प्रजालाई एकनाले भरुवा बन्दुक २ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रजाको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लोड अवस्थामा रहेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस […]
दाङ / ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् । सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका […]
रासस/ रेसुङ्गा – गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी छन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो […]
रासस /बाँके । अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । “मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने […]
कास्की, ३ माघ पोखरा महानगरपालिका-१४ बिशालनगर टोल बस्ने चन्द्रबिक्रम अधिकारीको घरबाट करिब १० तोला बराबरको सुनका विभिन्न गरगहना, पित्तलको मूर्ति २ थान र नगद २९ हजार रूपैयाँ मंगलबार चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाङ / तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुर्खेत/ईकान्तिपुर— बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका-५ मा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएका थिए । प्रहरीमा छोराले जाहेरी […]












