शम्भु प्रसाद थारु बदिया, गुलारिया १९ जेष्ठ २०८३ (2, June, 2026) बर्दियाको गुलारिया नगरपालिका र बारबर्दिया नगरपालिकालाई मंगलबार खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको छ । प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना -Climate Resilience Program for community _ अन्तर्गत गुलरिया नगरपालिका वडा […]
२०८३ जेठ १७ गते (आइतबार) दिउँसोः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश […]
बर्दिया — बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा पाक्न लागेको चैते धानमा गबारो जातको किरा फैलिदै गएको छ । किरा नियन्त्रणका लागि किटनाशक विषादी प्रयोग गरे पनि फैलिने क्रम रोकिएको छैन । राजापुर–३ चख्खापुरकी अनिता चौधरी दुई सातादेखि फैलिएको गबारो नियन्त्रण गर्न कृषि प्राविधिकको सल्लाहले किटनाशक प्रयोग गरे पनि रोकथाम हुन नसकेको बताइन् । ‘विषादी […]
नेपालगन्ज, १३ जेष्ठ २०८३ आजको रक्तदान, भोलिको मुस्कान भन्ने नारा सहित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको जानकी गाउँपालिकामा प्राङ्गणमा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २ महिला सहित २१ जनाले रक्तदान गरेको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले बताउनुभयो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको […]
नेपालगञ्ज । सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गणमातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको छ । सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागुऔषध अफिम र चरेस बरामद गरेको छ ।सशस्त्र प्रहरी बल ३० नम्बर […]
काठमाडौँ । डिभिजन सडक कार्यालय नेपालगन्जले बिहीबार जेठ ८ गते एक सूचना प्रकाशित गर्दै जमुनाहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडक खण्डमा पर्ने सडक सीमाभित्रका अनधिकृत संरचनाहरू हटाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । डिभिजन कार्यालयले कर्णाली राजमार्गको यो खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड र निर्माण सामग्री हटाउन […]
बर्दिया — पश्चिम तराईमा अध्याधिक गर्मी बढेपछि गुलरिया नगरपालिकाले आफनो मातहातका विद्यालयहरुको पठन पाठन बिहान सञ्चालन गर्ने निर्णय गरेको छ । यहाँको औषत ३९ देखि ४१ डिग्री पुगेको छ । बालवालिकालाई गर्मीबाट जोगाउन बिहान ६ बजेदेखि ११ बजेसम्म विद्यालय खुल्ने छन् । पछिल्लो साता चर्को घामले यहाँको जनजीवन प्रभावित बनेको छ । गर्मीमा […]
काठमाडौं । विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको छ । सहमति भएसँगै उनले २३औं दिनमा उनले अनशन अन्त्य गरेकी छन् । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन् । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज […]
नेपालगञ्ज /रासस। करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए । एक महिना लामो मलमास परेकाले […]
नेपालगन्ज, ३१ बैशाख २०८३ खजुरा स्थित अरुणोदय बोर्डिङ हाई स्कूलले एस.ई.ई. २०८२ मा यस पालिकाको संस्थागत विद्यालयहरू मध्ये उच्चतम जी.पी.ए. ३.९६ सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराई उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। बिद्यालयमा अध्ययनरत् छात्रा खुसी गिरीले ३.९६ जी.पी.ए.,आस्था भण्डारीले ३.९१ जी.पी.ए., सम्झना बी.सी. ३.८१ जी.पी.ए. लगायत १० जना विद्यार्थीले ए+ ग्रेड प्राप्त गरेको […]












