नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन नहुँदा केही सङ्ख्यामा बन्द भइसकेका छन् भने अधिकांश फोहोर र जीर्ण भई काम नलाग्ने हुन थालेका छन् । सोही कारणले ती शौचालयहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले एसएनभी नेपालको आयोजनामा उपमहानगरपालिकाका […]
खजुरा, माघ ४ गते । पछिल्लो समय आत्महत्याको सङ्ख्या बढ्दो रूपमा रहेको तथ्याङ्कले देखाएको छ । यसको न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले पहल सुरु गर्नु पर्ने देखिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले विद्यालयका विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै प्रशिक्षण कक्षा सञ्चालन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ स्थित श्री जगत ज्योति […]
बाँके / नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ बस्ने २८ वर्षीय गणेश चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो […]
तौलिहवा (कपिलवस्तु), फागुन ३ गते । कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् । मृतकहरुमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश […]
फागुन ३ बढैयाताल : बर्दिया एकेडेमी एण्ड पोलिटेक्निक रिसर्च सेन्टर बढैयाताल ८ तिलकाना बर्दियाले १४ औ वार्षिकोत्सव भब्य रुपमा मनाएको छ । २०६७ सालमा स्थापना भएको सस्थागत बिद्यालय मध्ये बर्दियाको कान्छो बिद्यालय बर्दिया एकेडेमीले बार्षिकोत्सब तथा अभिभबवक दिवसको अवसरमा बुधवार सरस्वती पूजा सहित बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै १४ औ वार्षिकोत्सब समारोह लाई भब्य […]
तानसेन । मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा १) तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त […]
दलबहादुर सुनार १ फागुन मधुवन नगरपालिकमा अपांगता परिचयपत्र बितरण गरिएको छ । मधुवन नगरपालिकाका उप–प्रमुख अनिता चौधरीको अध्यक्षतामा बसेको परिचयपत्र बितरण समन्वय समितिको बैठकले आज १७ जना लाई अपांगता परिचयपत्र बितरण गरेको हो । मंगलबार बसेको बैठकले क वर्गमा १ जना , ख बर्गमा १३ जना ग बर्गमा १ जना र घ बर्गमा […]
परासी — पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ३ मर्चहवामा ६५ वर्षका यक्षलाल चमार र ११ वर्षिय गौचरण चमार मंगलबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु एकै घरका हजुरबुवा र नाति हुन् । गण्डक ब्यारेज नारायणी नदीको ५ नम्बर ठोकर नजिकै बसोबास गर्ने उनीहरुको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]
राँझा (बाँके) । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुनुहुनुहुन्छ । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै […]
खजुरा । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादीलाई […]












