बाँके— चैते दसैं (रामनवमी) को पूजा आर्चना गर्न र जिव्रो छेड्न नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजन आएका छन् । भारतको लखनउ, दिल्ली, बहराईच लागयतका स्थानबाट हजारौ भक्तजन आउने गरेका हुन । त्यस्तै बाँके, बर्दिया, कञ्चनपुर, कैलाली लगायतका जिल्लाबाट भक्तजन आउने गर्छन  । ‘वागेश्वरी माताको प्रवित्रस्थल नेपालगन्जबाहेक अन्यत्र छैन । त्यसैले भारतबाट पनि पूजा गर्न हामी यहाँ […]

  नेपालगन्ज। नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवर दूरदर्शनको व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम बढेको छ । नेपालगन्जबाट कैलाश मानसरोवर दर्शन गराउने उदेश्यका लागि सुरु गरिएको माउण्टेन फ्लाइटको प्रचारप्रसार बढ्दै जाँदा भारतीय पर्यटक आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो। […]

बर्दिया । महिला बलात्कारको आरोपमा पक्राउ परेका बर्दियाको बाँसगढि नगरपालिका वडा ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई बर्दिया जिल्ला अदालतले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको छ । बास्तोलाले आफनै वडाका एक महिला माथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । पटकपटक विवादमा आईरहने बास्तोलालाई बर्दिया जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको हो । […]

  खजुरा । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जयेन्दु बाल सुधारगृहका बालबन्दीहरुमा छालासम्बन्धी रोगको समस्या देखिएको छ । उनीहरूले उपचारका लागि औषधि नपाएको गुनासो गरेका छन् । एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतमले उक्त बाल सुधारगृहमा रहेका अधिकांश बाल बन्दीमा छालासम्बन्धी रोगको समस्या रहेको पाइएको बताउनुभयो । सुधारगृहमा रहेकामध्ये आधा जसोमा […]

  काठमाडौं । बर्दिया प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित रुकुम पश्चिमको सानोभेरी गाउ पालिका ५ का ३४ वर्षीय बमबहादुर पुनलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका २ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी) फुटाहाले चेकिङका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । […]

नेपालगन्ज । भन्सार छलेर ल्याइएका दुई लाख बराबरको विभिन्न सामाग्री बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न. १५ र १६ बाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको भन्दै पक्राउ गरेको हो । प्रहरीका अनुसार लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित दुई लाख दश […]

  गुल्मी । गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु छ । आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको […]

  नेपालगन्ज । बाँके प्रहरीले हराएको मोटरसाईकल खोजतलास गरी धनिलाई बुझाएको छ । बैशाख २ गते राति ८ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १८ बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखेको अवस्थामा मोटरसाईकल हराएको थियो । प्रहरी टोलिले नेपालगन्ज१८ कृष्ण मन्दिर नजिकै बेवारिसे अवस्थामा उक्त मोटरसाईकल फेला पारी धनि जिल्ला बर्दिया राजापुर नगरपालिका २ बस्ने बर्ष […]

कावासोती। नवलपुरमा चैते धान उत्पादन गर्ने क्षेत्रफल विस्तार हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता चैते धान उत्पादन गर्ने किसान बढेसँगै क्षेत्र पनि बढ्दै गएको हो । जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा यस वर्षको चैते धान रोपाइँ सकिएको छ । गत आर्थिक वर्ष २०७९-८० मा जिल्लामा एक […]

  काठमाडौँ/ईकान्तिपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।   प्रवक्ता श्रेष्ठका अनुसार […]