सुलीकोट, जेठ ५ गते । गोरखामा छुट्टाछुछट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – १ बिरौटा बस्ने कर्णमान तामाङको छोरा वर्ष १६ को मनिष भनिने मेष तामाङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवार बेलुका […]

नेपालगन्ज/ रासस । बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागूऔषध दुर्व्यसनलगायतले कुलतको च्च जोखिममा रहेका युवाको […]

काठमाडौं, जेठ ३/ पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बुधबार बेलुका पौने ६ बजे पाल्पाको निस्दी गाउँपालिका-४ मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा आरूघाट खोलाबाट खादर जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप सडकबाई अन्दाजी ३० मिटर तल खसेको पाल्पा प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठका […]

    रूपन्देही, २ जेठ/ देवदह नगरपालिका-११ रेहेरा बस्ने ४५ वर्षीय विर बहादुर गुरूङको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-१ विर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ […]

  दाङ, जेठ २ गते । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको छ । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका […]

दाङ, ३१ वैशाख/ १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खजुरा, वैशाख ३१ गते । नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन […]

३० बैसाख , बर्दियाको बढैयातालमा पालिका अध्यक्ष तथा उपाध्यक्ष संग यूवा संवाद गरिएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोजनाले आइतवार  मैनापाेखरमा यूवाको सवाल र स्थानियतहको भुमिका बिषयमा संवाद गरिएको हो । स्थानियतहले सञ्चालन गर्ने स्थानियस्तरको नीति तथा कार्यक्रममा किशोर किशोरी तथा युवाको सवाल लाई सम्बोधन गर्नको लागि स्थानिय सरकारको […]

नेपालगन्ज । गएको शुक्रबार राति मोटरसाईकल र दुई थान मोबाईल चोरी गर्ने पक्राउ परेका छन् । प्रहरीका अनुसार रा २ प ४५३४ नम्बरको मोटरसाईकल र दुई थान मोबाईल चोरी भएको थियो । वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा जिल्ला बाँके नेपालगंज १३ बस्ने कैयुम राई र कमरुद्दिन साईलाई चोरी गरेको […]

  दाङ —घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका छन् । अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही-१० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया […]