काठमाडौं, वैशाख २० गते । बुटवल उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।  

  नेपालगन्ज, वैशाख २० गते । खाडी मुलुकमा दुःख गरेर युवाले कमाएको अर्बौं रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । बाँकेमा मात्र यसरी ठगिने सयौँ युवा रहेको पीडितले बताएका छन् । यसरी ठगिने एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि फर्किएका हरिबहादुर बुढाक्षेत्री । बाँकेको खजुरा गाउँपालिका–२, गौघाटनिवासी हरिबहादुर बुढाक्षेत्री डेढ दशकअघि रोजगारीको सिलसिलामा […]

  कपिलवस्तु —वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेका थिए । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी थिईन् […]

  नेपालगन्ज, वैशाख १९ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दिनु भएको जानकारीअनुसार बच्चाहरू खेल्नेक्रममा रमेश गद्दीको घरबाट सुरु भएको आगलागीबाट गाउँका छ वटा घर र तीन वटा गोठ […]

  नेपालगन्ज, वैशाख १८ गते। बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा एक महिलाको शव फेला परेको छ। नेपालगन्ज १० को महेन्द्र बहुमुखी क्याम्पस नजिकै नेपाली मुलको जस्तो देखिने अन्दाजी ३३ वर्षको नाम, थर, वतन नखुलेको एक महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण […]

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको बाघको आक्रमणमा बारबर्दिया नगरपालिका–१ का ३८ वर्षीय राजकुमार थारु घाइते भएका छन् । प्रहरीका अनुसार घाइते थारुलाई उपचार्थ भेरी अस्पताल नेपालगन्ज लगिएको छ । गाउँ नजिकैको बूढीखोलामा राँगालाई आहालमा लगेका बेला बाघले आक्रमण गर्दा उनि जना घाइते भएका हुन् ।  

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। प्रेस विज्ञप्ति:- मिति २०८१।०१।१७ गते। —————————————— जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान […]

  नेपालगन्ज, वैशाख १७ गते । तीन पटकसम्म म्याद थप गरिएपनि निर्माण कम्पनीको लापरबाहीले काम पुरा नगर्दा नरैनापुर गाउँपालिकाको निर्माण कार्य अलपत्र अवस्थामा छ । पालिकाले तीन पटक म्याद थप गरेर काम सम्पन्न गर्न निर्देशन दिएपनि ठेकेदारको लापरबाहीका कारण काम सम्पन्न नगरि भवन अलपत्रनै पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक चौधरीले बताउनुभयो । ठेकेदार कम्पनीले […]

नेपालगन्ज, वैशाख १७ गते । यहाँस्थित नेपाल भारत नाकाबाट अवैध आयात र चोरी तस्करी बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी चालु आर्थिक वर्षको नौ महिनामा मात्रै भन्सार छलेर ल्याएको १२ करोडभन्दा बढीको मालसामान बरामद गरेको तथ्याङ्क सार्वजनिक गरेपछि यो नाकामा तस्करी र अवैध आयात बढ्दै गएको पुष्टि भएको हो । […]

नेपालगन्ज, वैशाख १७ गते । नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुमा एकरुपता ल्याउनका लागि शुल्कहरुको निर्धारण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले नगरले गरेको निर्णय सार्वजनिक गर्नु भयो । पछिल्लो समय संस्थागत विद्यालयहरुमा मनपरी रुपमा विद्यार्थीबाट शुल्क लिने गरेको गुनासो आएपछि त्यसलाई रोक्नका लागि नेपालगन्जले सुरुआत गरेको हो । अभिभावक, शिक्षा क्षेत्रमा क्रियाशिल विभिन्न संघ […]